माउन्ट अन्नपूर्णमा नेपाली निबन्ध लेखन प्रतियोगिता

माउन्ट अन्नपूर्णमा नेपाली निबन्ध लेखन प्रतियोगिता
२०८३ साउन २८ गते बिहिबार ०७:२३

पोखरा, साउन २८ / पोखरा ३, नदीपुरमा भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी नेपाली निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। ‘सामाजिक सञ्जालले मानव जीवनमा पारेको प्रभाव’ विषयमा...

पोखरा, साउन २८ / पोखरा ३, नदीपुरमा भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी नेपाली निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। ‘सामाजिक सञ्जालले मानव जीवनमा पारेको प्रभाव’ विषयमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट प्रतिभा तथा सिर्जनशीलता प्रस्तुत गरेका थिए ।

बुधवार भएको प्रतियोगितामा कक्षा ११ का निसान तिलिजा प्रथम भएका छन्.त्यस्तै कक्षा १२ की कञ्चन पुर्जा पुन द्वितीय तथा कक्षा ११ की अनिला गौचन र खुसी कुमारी सर्राफ तृतीय हुन सफल भएको विद्यालयका प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले बताए । प्रतियोगिताबारे जानकारी दिँदै प्रिन्सिपल श्रेष्ठले विद्यार्थीको सिर्जनात्मक क्षमता र लेखन सीप विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

विद्यालयका प्रशासक चित्र गुरुङले सामाजिक सञ्जाल आधुनिक जीवनको महत्वपूर्ण माध्यम बने पनि यसको प्रयोगमा सचेत र जिम्मेवार हुनुपर्ने बताए। सामाजिक सञ्जालको सही प्रयोगले ज्ञान, सूचना तथा अवसरको पहुँच विस्तार गर्न सहयोग गर्ने भए पनि यसको अत्यधिक तथा गलत प्रयोगले विद्यार्थीको अध्ययन, समय व्यवस्थापन र सामाजिक व्यवहारमा नकारात्मक असर पार्न सक्ने उनको भनाइ थियो।

कार्यक्रममा बिद्यालयका इसिए निर्देशक तेजबहादुर गुरुङ, प्लस टु एकेडेमिक संयोजक गोविन्द सुवेदी, लेखा संयोजक नवराज शर्मा, प्लस टु तर्फका बिभागिय प्रमुखहरु, सोसल सर्भिस कल्बका अध्यक्ष,जेनिफा गुरुङ,म्युजिक आर्ट एन्ड लिट्रेचर कल्वका अध्यक्ष साजन तामाङ,गेम एन्ड स्र्पोस क्लवका अध्यक्ष पंकज श्रीस लगायतको सहभागिता रहेको थियो।

गण्डकी प्रदेशकै पहिलो निजी तहबाट सञ्चालित विद्यालयको रुपमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले बिगत १७ बर्ष देखि म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट ,माउंटेनियरिंङ र कम्प्युटर साइन्सको बिषयमा कक्षा १२ सम्म पढाई हुदै आइरहेको छ ।

((

प्रकाशित मिति २०८३ साउन २८ गते बिहिबार ०७:२३
प्रतिक्रिया दिनुहोस्