नेपाली काँग्रेस १४औं महाधिवेशनको तयारीमा लागेको छ । अधिवेशनको वडा तहदेखि केन्द्रसम्मको निर्वाचन तालिका सार्वजनिक भइसकेपछि बागलुङमा पनि काँग्रेस नेताहरु महाधिवेशनतिर तातिएका छन् ।
काँग्रेस वृत्तमा अहिले जिल्ला सभापतिमा को हुने चर्चा चलिरहँदा पार्टिका पूर्व उपसभापतिहुँदै कार्यवहाक सभापति समेतको जिम्मेवारी लिएका जगदिशचन्द्र उपाध्याय र सभापति दिपेन्द्रबहादुर थापा दुवैजना सभापतिको कोर्षमा देखिनुभएको छ ।
पार्टिको १३औं अधिवेशनमा झिनो मतले वर्तमान पार्टि सभापति दिपेन्द्र बहादुर थापासँग प्रत्यासी बन्नुभएका उपाध्याय अहिले जिल्लाका विभिन्न स्थानमा पार्टि कार्यकर्ता भेटघाटमा रहेको बताइएको छ ।
बागलुङ पश्चिमको निसीखोला गाउँपालिका वडा नं. ६ भल्कोतबाट पार्टि कार्यकर्ता भेटघाट सुरु गर्नुभएका काँग्रेस नेता उपाध्यायले, मध्यपहाडि लोकमार्ग नजिकका पालिका र वडाहरुमा पार्टि सदस्य, कार्यकर्तालाई आफू सभापतिको उमेदवारी दिने कुरा बताउँदै आउनुभएको छ । ‘निसीखोलाको भल्कोतबाट पार्टि कार्यकर्ता भेटघाट र आफ्नो उमेद्वारी जिल्ला सभापतिमा रहने जानाकारी गराउँदै हिंडेको छु । सबैको सकरात्मक सहयोग हुने वाचा समेत पाएको बताउँदै, उपाध्यायले, पार्टिको काममा इमान्दारपूर्वक काम गर्दै यहाँसम्म आएकाले यसपटक बागलुङ जिल्लाको काँग्रेस पार्टि सभापतिमा काँग्रेस नेता, कार्यकर्ता र समर्थक, सुभचिन्तकहरुले मलाई निर्वाचित गराउनुहुनेछ भन्नेमा आफु निर्धक्क रहेको बताउनुभयो ।’ काँग्रेसमा अहिले जिल्ला सभापतिको उमेद्वारीमा अरु नेताहरुको खास चर्चा सुरुभएको छैन । तर उपाध्यायले भने कार्यकर्ता भेटघाट अभियाननै सुरु गर्नुभएको छ ।
सभापतिका दावेदार रहनुभएका उपाध्यायले भन्नुभयो, ‘पार्टिमा आफुजस्तै खटेर पार्टिको काम गरेका अरुपनि धेरै साथीहरु हुनुहुन्छ । उहाँहरुसँग अनुरोध, आग्रह गरेको छु । एकपटक पार्टिको नेतृत्व मलाई पूदान गर्नुभयो भने म जिल्लामा पार्टिलाई एक नम्बर बनाउँछु । यसमा सबैको साथ रहनेछ भन्नेमा आफूलाई विश्वास छ ।’ काँग्रेसमा केन्द्रमा जस्तै बागलुङमा पनि विभिन्न खेमा र समुहहरु छन् ।
कोभिडको महामारी एकातिर छ, यसैमा कांग्रेसलाई भदौभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यता छ । नियमित कार्यकाल चार वर्ष सकेर सभापति देउवाले डेढ वर्ष कार्यकाल थप्दै गर्दा त्यो समय पनि भदौमा सकिँदैछ ।
आगामी असार २० गतेभित्र क्रियाशील बारेका बिबाद हेरेर केन्द्रीय सभापतिलाई विवरण बुझाउनुपर्ने प्रस्ताव छ । सभापतिले देउवाले उक्त विवरण हेरेर हस्ताक्षर गरी केन्द्रीय निर्वाचन समितिलाई क्रियाशील बुझाउने समय असार २४ का लागि प्रस्ताव गरिएको छ ।
कांग्रेसले असार पहिलो साता वडा अधिवेशन गर्ने भनेको थियो । तर क्रियाशील वितरण नै नसकिएकोले करिब एक महिना अधिवेशन धकलिएको छ । असारमा हुने भनिएको वडा अधिवेशन अब साउन ६ देखि हुनेछ ।
वर्तमान सभापति थापाको समेत उमेदवारी दावी
काँग्रेस तेह्रौं महादिवेशनबाट बागलुङ जिल्ला सभापतिमा निर्वाचित हुनुभएका दिपेन्द्र बहादुर थापाले पनि पार्टि नेता कार्यकर्ता र समर्थकहरुको अपेक्षा अनुसार फेरि नेतृत्वमा आउन सक्ने बताउनुभयो ।
पार्टि विधान अनुसार आफूलाई अझै एकपटक सभापति बन्न सक्ने व्यवस्था छ । पार्टिका साथीहरुले उमेद्वार बन्न आग्रह गरे वा वातावरण त्यस्तो बन्यो भने आफ्नो फेरि पनि दावी रहन्छ । ‘अहिले पार्टि सदस्यता ढुँगो लागेको छैन । मतदाता नै नटुँगिएको अवस्थामा पार्टिमा यसवारे छलफल गरिने कुरा भएन तर काँग्रेसमा तहदेखि माथिसम्मको ग्रुपरिजम नहुनेभए त्यसै अनुसारको कुरा हुन्थ्यो, त्यस्तो अवस्थापनि नभएकाले परिस्थिति बन्यो वा जिम्मेवारी लिने अवस्था आयो भने म पछि हट्ने कुरा आउँदैन’, थापाले भन्नुभयो ।
अहिले नै यो हुन्छ, त्यो हुन्छ भन्ने कुरा भन्दापनि असार २० गतेसम्म पार्टिका क्रियाशील सदस्यताको टुँगो लगाउने र २४ गते सभापतिबाट प्रमाणिकरण गर्ने कार्ययोजना छ । बागलुङबाट सबै क्रियाशील सदस्यहरुको विवरण केन्द्रमा पठाई सकिएको सभापति थापाले बताउनुभयो । के कति सदस्यहरु रहन्छन् । त्यसले पनि छलफलमा सहयोग पुर्याउने उहाँको भनाई छ ।
बागलुङमा यसपटक १३ हजारको हाराहारीमा क्रियाशील सदस्यताको फारम भरेर केन्द्रमा पठाइएको छ । केन्द्रले अन्तिम टुँगो लगाएर आएपछिमात्र एकिन तथ्याँक आउने उहाँले बताउनुभयो ।
पार्टि केन्द्रको निर्णय अनुसार आगामी श्रावण २४ गते देशभरका सबै जिल्ला सभापति र कार्यसमिति पदाधिकारीहरुको निर्वाचन तालिका तोकिएको छ । सोही अनुसार बागलुङमा पनि अधिवेशनको तयारीमा नेताहरु लागेका छन् ।
यस्तो छ काँग्रेसको अधिवेशन कार्यतालिका :
गाउँ-नगर वडा अधिवेशन २०७८ साउन ६ गते ।
गाउँ-नगरपालिका अधिवेशन साउन ११ गते ।
प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन १६ गते ।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २० गते ।
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २४ गते ।
प्रदेश अधिवेशन भदौ १ र २ गते ।
केन्द्रीय महाधिवशेन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा ।










