पोखरा असोज २० / सामाजिक उत्तरदायित्व र मानव सेवाको सन्देश प्रवाह गर्दै पोखराको सृजनाचोक पशुपति मन्दिरको अगाडि रहेको ३६५ वर्कशपको आयोजनामा गरिएको ‘३६५ वर्कशप च्यारिटी राइड’ बन्दीपुरस्थित चिल्ड्रेन होम सम्पन्न भएको छ। अभिभावकविहीन तथा सहयोगको आवश्यकता भएका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले आयोजित च्यारिटी राइडमा २०० भन्दा बढी बुलेट बाइक सहभागी भएका थिए।
विभिन्न स्थानबाट आएका राइडरहरूको सहभागिताले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको आयोजकले जनाएको छ।राइडमा सहभागीहरूले चिल्ड्रेन होममा रहेका बालबालिकासँग समय बिताउनुका साथै उनीहरूको खुसीमा सहभागी भएका थिए। कार्यक्रमले मोटरसाइकल राइडसँगै मानव सेवा, सामाजिक सहयोग र सामाजिक उत्तरदायित्वको सन्देशसमेत प्रवाह गरेको आयोजकको भनाइ छ।
कार्यक्रमको सञ्चालन म्यानेजर आयुष भुजेलले गरेका थिए भने व्यवस्थापन मेनेजिङ डाइेरेक्टर सुशील भुजेलले गरेका थिए। आयोजक ३६५ वर्कशपले कार्यक्रममा सहभागी राइडर, सहयोगी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। ३६५ वर्कशपले आगामी दिनमा पनि बालबालिका तथा सहयोगको आवश्यकता भएका समुदायलाई लक्षित गरी सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।











