ढोरपाटन नगरपालिकामा आज वजेट घोषणा

ढोरपाटन नगरपालिकामा आज वजेट घोषणा
२०७८ असार २० गते आईतबार १२:०७

ढोरपाटन नगरपालिकाले आज वजेट घोषणा गर्दैछ । गत असार १० गते नीति कार्यक्रम घोषणा गरेको नगरपालिकाले तत्काल तयारी नपुगेको भन्दै आ असार २० गतेलाई वजेट घोषणा गर्ने गरि नगरसभा स्थगन गरेको थियो । नगर कार्यपालिका सदस्य, नगरसभा सदस्यहरु...

ढोरपाटन नगरपालिकाले आज वजेट घोषणा गर्दैछ । गत असार १० गते नीति कार्यक्रम घोषणा गरेको नगरपालिकाले तत्काल तयारी नपुगेको भन्दै आ असार २० गतेलाई वजेट घोषणा गर्ने गरि नगरसभा स्थगन गरेको थियो ।

नगर कार्यपालिका सदस्य, नगरसभा सदस्यहरु सहितको वजेट कार्यक्रम दिउँसो साढे १२ वजेबाट सुरुहुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टरईले बताउनुभयो । नगरकार्यपालिकाको बैठकले वजेट घोषणा गर्ने निर्णय गरेको छ । सोही अनुसारको तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत भट्टराइले बताउनुभयो ।

नगर कार्यपालिकामा वजेटको सिलिङ सम्बन्धि सामान्य छलफल भएको वडा अध्यक्षहरुले बताएका छन् । २५ लाखको वजेट सिलिङ भन्ने छलफल भएको वडा नं. ८ का वडा अध्यक्ष नन्दे सुनारले बताउनुभयो । ‘वडामा यति थोरै वजेटले के के गर्ने हो, स्थानीय स्तरमा मागहरु धेरै छन् । यसले समस्या हुने देखिएको छ ।’ उहाँले बताउनुभयो ।

योजनाको सिलिङभने तयार नभइसकेको वडा अध्यक्षहरुको भनाई छ । वजेट घोषणा गरिने तर योजना समावेश भने केही समयपछि हुने उनीहरुको भनाई छ ।

प्रकाशित मिति २०७८ असार २० गते आईतबार १२:०७
प्रतिक्रिया दिनुहोस्