बागलुङमा भेरोसेल खोपको दोस्रो डोज आज देखि लगाईने

बागलुङमा भेरोसेल खोपको दोस्रो डोज आज देखि लगाईने
२०७८ असार २२ गते मङ्गलबार ०७:५१

बागलुङमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाईंदै छ । बागलुङ जिल्ला कोभिड खोप समन्वय समितिले भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउने निर्णय गरेको हो । आज जिल्लाको काठेखोला गाउँपालिकामा खोप लगाईने भएको...

बागलुङमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाईंदै छ । बागलुङ जिल्ला कोभिड खोप समन्वय समितिले भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउने निर्णय गरेको हो । आज जिल्लाको काठेखोला गाउँपालिकामा खोप लगाईने भएको छ । काठेखोलामा संक्रमण दरबढी रहेकाले पहिलो मात्रा लगाएर दोस्रो मात्रा नपाएकाहरुलाई प्राथमिकतामा राखेर खोप लगाउन थालिएको हो ।
त्यसैगरि जैमिनी नगरपालिका, गलकोट नगरपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकाका असार २३ गते खोपको दोस्रो मात्रा लगाईने भएको छ । बागलुङ नगरपालिका र ढोरपाटन नगरपालिकामा असार २४ र २५ गते खोप लगाईने खोप व्यवस्थापन समितिले जनाएको छ ।
तमानखोला गाउँपालिका, निसीखोला, बडिगाड गाउँपालिकामा असार २४ गते खोप लगाईने खोप समन्वय समितिले जनाएको छ । पहिलो खोप लगाएका व्यक्तिहरुले खोप कार्ड सहित खोप केन्द्रमा उपस्थित भए मात्र दोस्रो खोप लगाउन पाउने समितिले जनाएको छ ।
यसैबिच बागलुङमा सक्रिय संक्रमितको संख्या तीन सय नाघेको छ । देशभर संक्रमण हुने दर घट्दै गएपनि बागलुङमा भने बढिरहेको देखिएको छ । सोमवारसम्म बागलुङमा सक्रिय संक्रमितको संख्या ३ सय ३ रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

प्रकाशित मिति २०७८ असार २२ गते मङ्गलबार ०७:५१
प्रतिक्रिया दिनुहोस्