ढोरपाटन ४ खुङ्गाका एक बालकलाई हेलिकप्टर मार्फत पोखरा लगियो

ढोरपाटन ४ खुङ्गाका एक बालकलाई हेलिकप्टर मार्फत पोखरा लगियो
२०७८ असार २२ गते मङ्गलबार ०२:११

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ४ खुङ्गाका एक बालकलाई हेलिकप्टर मार्फत उपचारको लागि पोखरा लगिएको छ । खुङगाका ५ वर्षीय मिसन हर्मेललाई उपचारको लागि हेलिकप्टर मार्फत पोखराको मणिपाल अस्पताल लगिएको हो । स्वासप्रस्वासको समस्या...

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ४ खुङ्गाका एक बालकलाई हेलिकप्टर मार्फत उपचारको लागि पोखरा लगिएको छ । खुङगाका ५ वर्षीय मिसन हर्मेललाई उपचारको लागि हेलिकप्टर मार्फत पोखराको मणिपाल अस्पताल लगिएको हो ।

स्वासप्रस्वासको समस्या भएका हर्मेललाई थप उपचारको लागि पाल्पा लैजाने तयारी भईरहँदा बेहोस भएपछि हेलिकप्टर मार्फत पोखरा लगिएको पत्रकार कमल पौडेलले जानकारी दिनुभयो । उहाँलाई झाडापखला समेत लागेको बताईएको छ । हेलिकप्टर प्रयोग गरेबापत १ लाख २० हजार रुपैँया लाग्ने बताईएको छ । त्यसको खर्च परिवारले नै बेहोर्ने छ ।

प्रकाशित मिति २०७८ असार २२ गते मङ्गलबार ०२:११
प्रतिक्रिया दिनुहोस्