दक्षिण बागलुङ जोड्ने दुबै सडक अवरुद्ध

दक्षिण बागलुङ जोड्ने दुबै सडक अवरुद्ध
२०७८ असार २३ गते बुधबार ०६:१५

केही दिनदेखिको निरन्तर वर्षाको कारण कालीगण्डकी कोरिडोर र मालढुङ्गा, पाग्जा, पैयुँपाटा–कुस्मिशेरा सडक अवरुद्ध भएको छ । बागलुङको दक्षिण भेग जोड्ने दुबै सडक पहिरोका कारण अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सिधा यात्रा टुटेको छ । सडकमाथि...

केही दिनदेखिको निरन्तर वर्षाको कारण कालीगण्डकी कोरिडोर र मालढुङ्गा, पाग्जा, पैयुँपाटा–कुस्मिशेरा सडक अवरुद्ध भएको छ ।

बागलुङको दक्षिण भेग जोड्ने दुबै सडक पहिरोका कारण अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सिधा यात्रा टुटेको छ । सडकमाथि र तलबाट एकै पटक भत्किँदा दुबै सडक अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।

उहाँले माथिल्लो सकड खुल्लाउन तत्काल संभव नभएको भन्दै कालीगण्डकी कोरिडोर तत्काल खुलाउनका लागि प्रयास भएको बताउनुभयो । तत्काल सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयलाई निर्देशन दिएकाे उहाँको भनाई छ ।

सडक अवरुद्ध भएपछि दक्षिण बागलुङ बलेवा, जैमिनी लगायतका क्षेत्रबाट सिधा यातायात संचालन हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, प्रहरी प्रमुख, सडक डिभिजन प्रमुख, इन्जिनियर लगायतको टोलीले सडकको अवलोकन गरेको छ ।

माथिल्लो सडकको विकल्पमा कोरिडोरलाई तत्काल एकतर्फी रुपमा भए पनि संचालन गर्नका लागि प्रयास थाल्ने सहायक प्रजिअ पौडेलले बताउनुहुन्छ । ‘माथिल्लो सडक तत्काल खुलाउन संभव छैन, त्यो सडक क्षत विक्षत भएको छ, त्यसको विकल्पमा अब कालीगण्डकी कोरिडोर हो, कोरिडोर पनि पहिरोका कारण अवरुद्ध छ, त्यसलाई संचालन गर्नका लागि बुधबारदेखि काम सुरु हुने छ, अहिले बागलुङको दक्षिण भेग सिधा यातायातबाट वञ्चित भएको छ ।’

प्रकाशित मिति २०७८ असार २३ गते बुधबार ०६:१५
प्रतिक्रिया दिनुहोस्