पहिरोले अवरुद्ध बुर्तिबाङ-बोंगादोभान सडक एक हप्ता पछि खुल्यो

पहिरोले अवरुद्ध  बुर्तिबाङ-बोंगादोभान सडक एक हप्ता पछि  खुल्यो
२०७८ असार २५ गते शुक्रबार ०८:५५

करिव एक हप्ता अघि पहिरोले अवरुद्ध बनाएको बुर्तिबाङ–बोंगादोभान सडक शुक्रबार साझँबाट खुलाईएको छ । ढोरपाटन नगरपालिका वडा नं. ४ मा पर्ने उक्त सडकखण्ड माथीबाट झरेको सुख्खा पहिरोले करिव एक हप्ता अघिदेखि तमानखोला गाउँपालिकाको आवतजावत...

करिव एक हप्ता अघि पहिरोले अवरुद्ध बनाएको बुर्तिबाङ–बोंगादोभान सडक शुक्रबार साझँबाट खुलाईएको छ ।
ढोरपाटन नगरपालिका वडा नं. ४ मा पर्ने उक्त सडकखण्ड माथीबाट झरेको सुख्खा पहिरोले करिव एक हप्ता अघिदेखि तमानखोला गाउँपालिकाको आवतजावत बन्द भएको थियो । पहिरो ढोरपाटन नगरपालिका क्षेत्रमा रहेको तर तमानखोला गाउँपालिकालाई आवश्यक रहेको हुदाँ सफाई गर्न केहि समय लागेको हुनसक्ने स्थानियहरुको भनाई छ ।

यता ढोरपाटन नगरपालिकाबाट सानो स्काभेटर लैजाने कुरा भैरहेको थियो तर भालिवाङ खोलामा निर्माणधिन पुलमा आवश्यक सामाग्रीहरु छिटो लैजानुपर्ने भएको हुदाँ ठुलो स्काभेटर ल्याएर सफा गरिएको ईन्जिनियर हरिश चन्द्र बडुले बताउनुभयो । सडक रोकिनु र त्यसबाट उत्पन्न हुने समस्या सबैको साझा हो बडुले भन्नुभयो ‘तमानखोला भेगका जनता पहिरोका कारण बढी प्रभावित थिए, हामीले पनि सामानहरु छिटो लैजानु पर्ने भयो, त्यैसेले भालिवाङ खोलाबाट स्काभेटर बोलाई सझा गरिएको हो ।’ बिहान ७ वजेदेखि दिउँसो ३ वजेसम्म लगातार स्काभेटर लगाएर सडक सफा गरिएको ईन्जिनियर बडुले जानकारी दिनुभयो ।

सडकमा खसेको पहिरोका कारण, खासगरि तमानखोला गाउँपालकामा खाद्यन्न, निर्माण सामाग्री ओसार पसार र विरामीहरु उपचारका लागि बुर्तिबाङ आउँदा पैदल यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको थियो । सवारी साधनहरु समेत बीचमा रोकिनु परेको यातायात व्यवसायीहरुको गुनासो रहेको थियो । सडकमा खसेको पहिलो हटाइएपछि अहिले बुर्तिबाङ–बोंगादोभान तथा तमानखोला गाउँपालिकामा सिधा यातायात सञ्चालन भएका छन् ।

प्रकाशित मिति २०७८ असार २५ गते शुक्रबार ०८:५५
प्रतिक्रिया दिनुहोस्