बागलुङको तमानखोला गाउँपालिका वडा नं। १ कि २३ वर्षिय युवतिको शुक्रबार धौलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।
पछिल्लो समय बोंगादोभान बजारमा कोरोना संक्रमितको दर बढेपछि गाउँपालिकाले बजारमा निषेधाज्ञा लगाएको छ । यद्यपि संक्रमणदरमा अझैपनि कमी नआएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । तमानखोला गाउँपालिकाका स्वास्थ्य संयोजक तिलक छन्त्यालले, भौगालिक कठिनाईका कारण इमेरजेन्सि अस्पताल लैजान ढिलाई भएका कारण कलिलो उमेरकी एक युवतिले ज्यान गुमाउनु परेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
संक्रमण पुष्टि भएपछि, बोंगादोभानमै आइसोलेशनमा राखिएकी ति युवतिलाई आजमात्र धौलागिरी अस्पतालमा लगिएको कोभिड १९ फोकल पर्शन देवप्रकास घिमिरेले जानाकारी दिनुभयो । दिउँसो २ वजे अस्पताल पुगेकी उनको दिउँसो ३ः४५ वजे निधन भएको घिमिरेले जानाकारी दिनुभयो ।
तमानखोलाको बौंगादोभान बजारमा २० जना संक्रमित छन् । गाउँपालिकाले लक्षण सहितका संक्रमितहरु रहेको भन्दै असार २५ गते राति १२ वजेदेखि श्रावण १ गतेसम्मका लागि बोंगादोभान बजारमा निषेधाज्ञा जारि गरेको छ । धौलागिरी अस्पतालमा शुक्रबार विहानै दुई जनाको निधन भएको थियो । अहिले सम्म बाग्लुङ जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेका छन् ।










