ताराखोलाका कार्की अझै बेपत्ता,घाइतेको मणिपाल अस्पतालमा उपचार सुरु

ताराखोलाका कार्की अझै बेपत्ता,घाइतेको मणिपाल अस्पतालमा उपचार सुरु
२०७८ असार २६ गते शनिवार ०६:४८

चार दिनदेखि बेपत्ता बाग्लुङको ताराखोला गाउँपालिका–३ घुस्मेलीका युवा अझै भेटिनुभएको छैन् । गत बुधबार रातीको भीषण वर्षा र पहिरोपछि सम्पर्क विहीन १८ वर्षीय राजेन्द्र कार्की अझैसम्म पनि नभेटिएको ताराखोलाका प्रहरी नाबय निरीक्षक...

चार दिनदेखि बेपत्ता बाग्लुङको ताराखोला गाउँपालिका–३ घुस्मेलीका युवा अझै भेटिनुभएको छैन् । गत बुधबार रातीको भीषण वर्षा र पहिरोपछि सम्पर्क विहीन १८ वर्षीय राजेन्द्र कार्की अझैसम्म पनि नभेटिएको ताराखोलाका प्रहरी नाबय निरीक्षक लक्ष्मण न्यौपाले बताउनुभयो ।

उहाँको ४१ वटा बाख्रा रहेको फर्म बगाएको थियो । त्योसँगै बगेका उहाँको निरन्तर खोजी कार्य भएपनि नभेटिएको प्रहरी नायब निरीक्षक न्यौपानले बताउनुभयो । बाढी र पहिरोका कारण उहाँका भाई १६ वर्षीय शुसिल कार्की र बाबा ४० वर्षीय कृष्ण कार्की घाइते हुनुभएको छ । उहाँहरु दुवै जनाको पोखरामा रहेको मणिपाल अस्पतालमा उपचार भईरहेको बताईएको छ ।

बाढी र पहिरोका कारण गलकोट–घुस्मेली जोड्ने मोटरबाटो ठाउँठाउँमा अबरुद्ध भएका छन् । बाटो खुलाउन अझै केही दिन लाग्न सक्ने जनाईएको छ ।

प्रकाशित मिति २०७८ असार २६ गते शनिवार ०६:४८
प्रतिक्रिया दिनुहोस्