बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका ३ पुर्कोट अज्गामा चट्याङ लागेर २ जना घाईते भएका छन् ।
शनिबार आझँ अविरल वर्षा सगैँ परेको चट्याङ लागेर अज्गाका स्थानिय ७० वर्षका टेक बहादुर पुन र १४ वर्षका रमन अग्रेजा करिव २ घण्टा बेहोस भएको वडा अध्यक्ष हेमेन्द्र घर्तिमगरले बताउनुभयो । खाना खाने तरखरीमा रहेको समय अचानक ठुलो पानी सगैँ चट्याङ पर्दा २ जना घाईते भएका हुन ।
राती नै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लैजाने तयारी भैरहदाँ दुवै जनाको होस खुलेको थियो । अहिले दुबैजनाको अवस्था सामान्य रहेको जनाईएको छ । साथै अज्गामा टेक बहादुर पुन,अमर बहादुर अग्रेजा र जित बहादुर कार्कीको घर चर्केको छ भने अमर बहादुर अग्रेजाको एउटा कुकुर मरेको वडा अध्यक्ष घर्तिले बताउनुभयो ।
वडामा सबै तिर बुझियो अन्य स्थानमा भन्दा पुर्कोट भेगमा समस्या परेको बताउदैँ अध्यक्ष घर्तिले भन्नुभयो‘मुर्छा नजिकको खोल्साबाट बगेको रेलोले बाढीको रुप लिदाँ यस भेगमा खानेपानी अवरुद्ध बनेको छ ।’ बाढीले केहि मोटरबाटो बगाएको छ भने तल्लो क्षेत्रमा रहेका खेतमा क्षेति गरेको छ ।
उता बुर्तिबाङ देखि बिस्मोर पुर्कोट पुग्ने बाटो समेत पहिरोका कारण अवरुद्ध बनेको छ । छुचि भन्ने स्थानबाट गएको भलले रातभर बगरका स्थानियहरुलाई समस्या पारेको थियो । अहिले उक्त क्षेत्रमा क्षेतिको अवलोकनको निम्ति पुगेको बताउदैँ वडा अध्यक्ष घर्तिले क्षेतिको विवरण आईनसकेको जानकारी दिनुभयो ।











