शनिबार साझँबाट परेको अविरल वर्षातका कारण बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाको वडा नं ३ पुर्कोटमा खानेपानी र सडक अवरुद्ध भएको छ ।

राति करिव ११ बजेतिर मुर्छादेखि माथिबाट आएको पहिरो सडक समेत बगाउँदै भागीँ, रिखुवा र खुङ्गा तमान जोड्ने मोटरबाटो समेत बगाएको छ । पहिरोका कारण स्थानीयलाई आवतजावत गर्ने बाटोसमेत अवरुद्ध भएको वडा नं ३ का वडा अध्यक्ष हेमेन्द्र घर्तिले जानाकारी दिनुभयो ।

‘पुर्कोट लगायत त्यहाँका आसपासमा आउने खानेपानी मुहान र पाईप समेत पहिरोले बगाएको छ । मुर्छा, भाँगी जाने बाटो र बुर्तिबाङ, पुर्कोट जाने बाटो समेत बगाएर आवतजावतमा समस्या उत्पन्न भएको अध्यक्ष घर्तिले बताउनुभयो ।

स्थानीयको खेतमा बाढि पसेर ठूलो क्षति पुरयाएको बताउँदै वडा अध्यक्ष घर्तिले, स्थानीयको ३५(४० मुरी धानफल्ने खेत पुरै पुरेको छ । गाउँका धेरै ठाउँमा पहिरोले क्षतविक्षेत बनाएको खबर आएपछि स्थलगत अनुगमनपछि फर्केको जानाकारी दिनुभयो ।
पहिरोले पुर्कोटको तल्लो क्षेत्रमा रहेका टारीखेत र बाचबेसीँमा खेतका कुलो पुर्ण रुपमा बगाएको चिर्वाङबाट स्थानीय निल बहादुर पुनले जानकारी दिनुभएको छ ।

तल्लो क्षेत्र लुकुरवनखोला भन्दा माथी रहेको घर्तिखेतमा बाढि पसेर धान रोपएका खेत पुरिनुका साथै केहि भाग बगाएको पुनले बताउनुभयो । मुर्छादेखि डिग्रबाङ पुग्ने मोटरबाटो यस बर्ष खनेकोहुदाँ मोटरबाटोबाट निस्केको माटो बगाएपछि बाढीको रुप लिएको स्थानीयले बताएका छन् । आफू सहितको स्थलगत अध्ययनपछि नगरपालिकामा यसको जानाकारी गराउने वडा अध्यक्ष घर्तिले बताउनुभएको छ ।











