सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी द्धारा १० लाख मृत्यु दाबी रकम भुक्तानी

सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी द्धारा १० लाख मृत्यु दाबी रकम भुक्तानी

लोकेन्द्र निरासी

@समय नेपाल

२०७८ असार २७ गते आईतबार ०७:५९

सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु. १० लाख मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको उपशाखा कार्यालय बुर्तिबाङले आइतबार एक कार्यक्रमको आयोजना गरी उक्त मृत्यु दाबी रकम भुक्तानीको चेक मृतक परिवारलाई हस्तान्तरण गरेको हो । ढोरपाटन...

सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु. १० लाख मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको उपशाखा कार्यालय बुर्तिबाङले आइतबार एक कार्यक्रमको आयोजना गरी उक्त मृत्यु दाबी रकम भुक्तानीको चेक मृतक परिवारलाई हस्तान्तरण गरेको हो ।

ढोरपाटन नगरपालिका वडा नं. ९ निवासी बिमित एवं मृतक शेरमान घर्ती पूर्व बोबाङ गा.वि.स. अध्यक्ष तथा राजनीतिक एवं सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले २०७७ साल भाद्र २८ गते सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा रु. १० लाख बराबरको जीवन बिमा गर्नुभएको थियो । उहाँले कम्पनीलाई पहिलो किस्ता बापतको जम्मा रु. ७८ हजार ९ सय १० रुपैयाँ मात्र भुक्तानी गर्नुभएको थियो । तर उहाँको गत २०७८ साल बैशाख ३० गते कोरोना संक्रमणको कारण धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको थियो ।

विमितको मृत्यु पश्चात सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी बुर्तिबाङ उपशाखाले मृत्यु दाबी रकम भुक्तानीका लागि आवश्यक कागजात सहित प्रक्रिया अगाडि बढाएको थियो । सो प्रक्रियाबाट जीवन बिमा बापतको उक्त मृत्यु दाबी रकम हस्तान्तरण गरिएको हो ।

बिमितको मृत्यु दाबी रकम मृतकको परिवारलाई भ्ुक्तानीका लागि आयोजित उक्त कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको प्रमुख आतिथ्यता रहेको थियो । मृतक परिवारलाई रु. १० लाखको मृत्यु दाबी रकमको चेक हस्तान्तरणपछि कार्यक्रममा बोल्दै नगर प्रमुख नेपालीले समाजसेबी शेरमान घर्तीको मृत्युले आफूलाई निकै दुःखी बनाएको भन्दै आफूहरु गुच्चा खेल्दादेखि समाजसेवाको क्षेत्रसम्म संगै सहकार्य गरेको आत्मीय साथीलाई गुमाउनु पर्दा निकै भावुक र दुखित् बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो—“शेरमान घर्तीलाई हामीले गुमाए पनि उहाँका असल गुणहरु सबैका लागि अनुकरणीय छन् । अब परिवार निराशा नभई बालबालिकाहरुको भविश्यलाई राम्रो बनाउन तर्फ लाग्नुपर्छ । अन्य कुनै समस्या आएमा मैले आफ्नो तर्फबाट पनि सहयोग गर्ने छु ।” नगर प्रमुख नेपालीले थप बोल्दै ढोरपाटन नगरपालिकाको तर्फबाट पनि मृतक समाजसेवी शेरमान घर्तीको परिवारलाई केही आर्थिक रकम सहयोग गर्ने निर्णय भएकाले छिटै हस्तान्तरण गरिने बताउनु भयो । साथै उहाँले यस खालको आयोजित कार्यक्रमले इन्स्योरेन्सहरुले पैसा उठाउने मात्र होइन भुक्तानी पनि गर्दा रहेछन् भन्ने सकारात्मक सन्देश दिएकाले सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुन, विभिन्न वडाका वडा अध्यक्षहरु र मृतक शेरमान घर्तीकी श्रीमती प्रेम कुमारी घर्ती मगर, मृत्यु दाबी रकमका हकवाला छोरा आयुष घर्ती मगर र छोरी उषा घर्ती मगरको विशेष उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै सन् नेपाल लाईफ इन्सोरेन्स कम्पनी बुर्तिबाङ उपशाखाकी प्रमुख सरस्वती घिमिरेले धेरै जसो बिमा कम्पनीहरुले ठग्छन्, भाग्छन् र जीवन बिमा बापतको मृत्यु दाबी रकम भुक्तानी गर्दैनन् भन्ने गलत सन्देश अझै पनि जनमानसमा रहेकाले त्यस खालको गलत सन्देशबाट सचेत गराउन कम्पनीको तर्फबाट छिटो प्रक्रिया अगाडि बढाएर मृतकको परिवारलाई समयमै रकम हस्तान्तरण गरिएको बताउनु भयो ।

उक्त कार्यक्रममा इन्स्योरेन्स एसोसियसन अफ बुर्तिबाङका अध्यक्ष एवं सिटिजन लाइफ इन्स्योरेन्स बुर्तिबाङ उपशाखाका प्रमुख छविलाल पाण्डेले सबै इन्स्योरेन्स कम्पनीहरुको मुख्य लक्ष्य एउटै भएकाले अस्वस्थ प्रतिस्पर्धा र विकृतिहरुलाई हटाउँदै सहकार्य गरेर जानुपर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा मृतक शेरमान घर्तीका छोरा एवं मृत्यु दाबी रकमका हकवाला आयुष घर्ती मगरले रु. १० लाखको चेक ग्रहण गरेपछि बोल्दै निकै सहज तरिकाले छोटो समयमै संस्थाले मृत्यु दाबी रकम भुक्तानी दिएको भन्दै सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिनुभएको थियो ।

कम्पनीले यसभन्दा पहिला पनि केही दिन अगाडि मात्र रु. १० लाख ४३ हजारको मृत्यु दाबी रकम भुक्तानी गरेको थियो । वि.सं. २०७५ साल चैत्र १५ गतेबाट बुर्तिबाङमा उपशाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बागलुङ पश्चिम क्षेत्रका करिब ४ सय बढी व्यक्तिहरुको जीवन बिमा गरी उत्कृष्ट कारोबार गरेको जनाएको छ ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय बुर्तिबाङका निमित्त प्रमुख लोक बहादुर कुँवर, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्त, नेकपा एमाले बागलुङका जिल्ला सदस्य टंक प्रसाद पौडेल, ढोरपाटन उद्योग बाणिज्य संघका अध्यक्ष चिन्तामणि शर्मा, लायन्स क्लब बुर्तिबाङका प्रेसिडेन्ट रितुवर्ण पौडेल, बुर्तिबाङल स्थित बैंकहरु तथा विभिन्न वित्तीय संघसंस्थाका प्रतिनिधि, संस्थाका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ उपशाखाकी प्रमुख सरस्वती घिमिरेको अध्यक्षता रहेको उक्त कार्यक्रममा सिवाइसी साकोसकी केन्द्रिय उपाध्यक्ष एवं सन् नेपाल लाइफ इन्सोरेन्स कम्पनीकी एजेन्सी मेनेजर गण्डकी थापा अधिकारीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन किरण पौडेलले गर्नु भएको थियो ।

प्रकाशित मिति २०७८ असार २७ गते आईतबार ०७:५९
प्रतिक्रिया दिनुहोस्