जवरजस्ती करणी आरोपमा बडिगाडका एक युवा पक्राउ

जवरजस्ती करणी आरोपमा बडिगाडका एक युवा पक्राउ
२०७८ असार २८ गते सोमबार ०६:२२

एक युवतीलाई जवर जस्तीकरणी गर्न खोजेको आरोपमा बाग्लुङको बडिगाड गाउँपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बडिगाड गाउँपालिका वडा नं ५ घर भई हाल गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ बस्दै आएका विकास आचार्यलाई जवरजस्तीकरणी...

एक युवतीलाई जवर जस्तीकरणी गर्न खोजेको आरोपमा बाग्लुङको बडिगाड गाउँपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बडिगाड गाउँपालिका वडा नं ५ घर भई हाल गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ बस्दै आएका विकास आचार्यलाई जवरजस्तीकरणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

२१ बर्षिय युवतीलाई एक्कासी पछाडीबाट गई संवेदनशिल अंग छाती र हातमा समाई कपडा खोल्ने प्रयास गर्दै जवरजस्ती करणी गर्न खोजेको भन्ने जाहेरीको आधारमा उनलाई मजुवाबाट पक्राउ गरिएको हो । घटनामा संलग्न आचार्यलाई नियन्त्रणमा लिई आईतबार गुल्मी जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

स्रोत:बडिगाड अनलाईन

प्रकाशित मिति २०७८ असार २८ गते सोमबार ०६:२२
प्रतिक्रिया दिनुहोस्