आखाँको ज्वति गुमाएका अर्गेजालाई २ लाख ४१ हजार बढि आर्थिक सहयोग प्रदान

आखाँको ज्वति गुमाएका  अर्गेजालाई २ लाख ४१ हजार बढि आर्थिक सहयोग प्रदान
२०७८ असार २८ गते सोमबार ०६:३६

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका ४ रिखुवा निवासी होम बहादुर अर्गेजालाई आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ । घासँ काट्ने क्रममा एउटा आखाँको ज्वति गुमाउनु भएका अग्र्रेजालाई थप उपचारको लागि, युरोप नेपाली एकता समाज तथा आयरल्याण्ड...

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका ४ रिखुवा निवासी होम बहादुर अर्गेजालाई आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ ।
घासँ काट्ने क्रममा एउटा आखाँको ज्वति गुमाउनु भएका अग्र्रेजालाई थप उपचारको लागि, युरोप नेपाली एकता समाज तथा आयरल्याण्ड नेपाली समाजका संयोजक अमर छन्त्यालको पहलमा संकलित, रु २ लाख ४१ हजार ६ सय १५ रुपैँया बुर्तिबाङ आज एक कार्यक्रको बिच पिडित अर्गेजालाई प्रदान गरिएको हो ।


उमेरले ५५ वर्ष पुग्नुभएका अर्गेजा रिखुवामा खेति किसानी गरि दैनिकी चलाउदैँ आउनुभएको थियो । गत चैत्र महिनामा घासँ सोत्तर लिनको लागि वनमा जानु भएका उहाँले घासँ काट्ने क्रममा अचानक काडाले आखाँमा घोच्दा उहाँको आखाँको ज्यति गुमेको हो । सामान्य परिवारमा जन्मनुभएका अर्गेजालाई उपचारको लागि आर्थिक अभाव देखिए पछि स्वदेश तथा विदेशबाट सहयोग संकलन सुरु गरिएको जनाईएको छ ।

अन्तराष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष तथा हङकङ नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकीको पहलमा संकलित रु १ लाख ९१ हजार केहि समय पहिले उहाँलाई प्रदान गरिएको थियो । नियमित चेकजाचँको निम्ति घरदेखि काठमान्डौँ गईराख्नुपर्ने र उपचार गर्न आर्थिक अभाव देखिए पछि उहाँ समस्यामा पर्नुभएको थियो ।


सहयोग हस्तान्त्रण कार्यक्रमका प्रमुख अतिथि एवंम राजमो ढोरपाटन नगर समिति अध्यक्ष दिपक थापाले,सहयोग रकम हस्तान्त्रण गर्दै स्वदेश तथा विदेशमा रहेर यस अभियानमा हातेमालो गर्नुहुने अमर छन्त्याल लगायतका टिमलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सहयोगीहरुले पठाएको रकमलाई सहि तरिकाले सदुपयोग गर्न आग्रह गदैँ थापाले स्वास्थ्य लाभको समेत कामना गर्नुभएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका जिल्ला सचिव सहविन अर्गेजाको अध्यक्षता,रक्तिम सांस्कृतिक अभियानका ढोरपाटन नगर अध्यक्ष झक प्रसाद श्रेष्ठ,अखिल नेपाल वुद्धिजिवी संघका केन्द्रिय सदस्य धन बहादुर कुंवर,राजमो बाग्लुङ जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे लगायतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा पिडित होमबहादुर अर्गेजाले सहयोगी सबैलाई धन्यवाद जापन गर्नुभएको थियो । समाजसेवी वुद्धिजिवी,पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन राजमो ढोरपाटन ४ का सचिव कुल बहादुर छन्त्यालले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७८ असार २८ गते सोमबार ०६:३६
प्रतिक्रिया दिनुहोस्