इलाका प्रशासन कार्यालय बुर्तिबाङमा नवागत कार्यालय प्रमुखद्धारा सेवा प्रारम्भ भएको छ । यस अघि पर्वतको हुवास इलाका प्रशासन कार्यालयमा कार्यरत मोहन प्रसाद उपाध्याय अहिले इलाका प्रशासन कार्यालय बुर्तिबाङको कार्यालय प्रमुखमा आउनु भएको छ ।
प्रशासनमा कार्यालय प्रमुखका रुपमा रहनुभएका नवराज भण्डारी मुस्ताङको लोमान्थाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएपछि, कार्यालयका नासु लोकबहादुर कुँवरले इलाका प्रशासनको प्रशासकीय जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
पर्वतबाट जिल्ला प्रशासन कार्यालय बागलुङमा ६ महिना काजमा कार्यरत रहनुभएका उपाध्याय अहिले इलाका प्रशासन कार्यालय बुर्तिबाङको प्रमुख भएर आउनुभएको छ । कार्यालयमा आउनुभएका उपाध्यायलाई कार्यालयमा स्वागत समेत गरिएको छ ।

प्रकाशित मिति २०७८ असार २९ गते मङ्गलबार ०२:४८