ढोरपाटन नगरपालिकामा सोमबार देखि भेरोसेल खोप लगाईने

ढोरपाटन नगरपालिकामा सोमबार देखि भेरोसेल खोप लगाईने
२०७८ साउन ३ गते आईतबार ०७:५१

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकामा भोली सोमबार देखि भेरोसेल खोप लगाईने भएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लाका सबै पालिकामा खोप लगाईने अभियान सुरु गरिएको छ । सरकारले ५५ वर्ष र सो को उमेर समुहभन्दा माथि पहिलो डोज खोप...

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकामा भोली सोमबार देखि भेरोसेल खोप लगाईने भएको छ ।

सरकारले तोकेको मापदण्ड अनुसार जिल्लाका सबै पालिकामा खोप लगाईने अभियान सुरु गरिएको छ । सरकारले ५५ वर्ष र सो को उमेर समुहभन्दा माथि पहिलो डोज खोप लगाउन बाँकी सबै, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चाल र सहचालकहरु, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरुका लागि खोप लगाईने उल्लेख गरेको छ ।

गत मंगलबारदेखि नै खोप सञ्चालन गर्ने जनाए पनि बागलुङका सबै पालिकाहरुमा खोप पुराउदाँ केही दिन पछि धकेलिने जनाईएको छ । जिल्लाको ढोरपाटन नगरपालिकामा यहि साउन ४,५ र ६ गते विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाईने नगर स्वास्थ्य संयोजक घनश्याम शर्माले बताउनुभयो ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ४ ५ र ६ गते वडा नम्बर १,२ र ३ का नागरिकलाई लगाइने छ । यस्तै ५ र ५ गते खुगाँ स्वास्थ्य चौकीमा वडा नम्बर ४ भित्रका नागरिक,अधिकारी स्वास्थ्य चौकीमा वडा नम्बर ५ र ६ का नागरिकलाई र बोवाङ स्वास्थ्य चौकीमा वडा नम्बर ७ ८ र ९ वडाका नागरिकहरुलाई लगाईने शर्माको भनाई छ ।

प्रकाशित मिति २०७८ साउन ३ गते आईतबार ०७:५१
प्रतिक्रिया दिनुहोस्