बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकामा आजदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको छ ।
सरकारले तोकेको मापदण्ड अनुसार जिल्लाका सबै पालिकामा खोप लगाईने अभियान जारी रहेको छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबार आज ढोरपाटन नगरपालिका ३ स्थित सम्पुर्ण विद्यालयका शिक्षक तथा कर्मचारीहरु गरि ४३ जना र ५५ वर्षभन्दा माथिका कोरोनाको पहिलो खोप लगाउन बाकीँ जेष्ठ नागरिकहरु २२९ जना गरि कुल २७२ जनालाई लाई भेरोसेल खोप लगाईएको स्वास्थ्य केन्द्रका नर्स पार्वती अर्यालले बताउनुभयो ।
सरकारले ५५ वर्ष र सो को उमेर समुहभन्दा माथि पहिलो डोज खोप लगाउन बाँकी सबै, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चाल र सहचालकहरु, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरुका लागि खोप लगाईने उल्लेख गरेको छ ।
गत मंगलबारदेखि नै खोप सञ्चालन गर्ने जनाए पनि बागलुङका सबै पालिकाहरुमा खोप आईपुग्दा केही दिन पछि धकेलिएको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्लले बताउनुभयो । जिल्लाको ढोरपाटन नगरपालिकामा यहि साउन ४, ५ र ६ गते विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाईने कार्यतालिका अनुसार आज पहिलो दिन खोप लगाईएको डाक्टर मल्लको भनाई छ ।
भोली ५ गते ढोरपाटन नगरपालिका वडा नं. १ र २ का स्थित सम्पुर्ण विद्यालयका शिक्षक तथा कर्मचारीहरु खोप अनिवार्य गरिएका देशमा जाने नागरिकहरु र पर्सि ६ गते, सार्वजनिक यातयातमा कार्यरत चालक तथा सहचालकहरु, तरकारी, फलफुल, दु्ध देरीजन्य उत्पादन, माछा मासु, पानी सप्लार्यस, विउ विजन विक्रेता, कृषि उपज, ग्यास , पेट्रोलियम प्रदार्थ व्यवसाय गर्ने व्यवसायका प्रोपाइटरलाई लगाइने नगर स्वास्थ्य संयोजक घनश्याम शर्माले बताउनुभयो ।
यस्तै भोली र पर्सि २ दिन खुगाँ स्स्वास्थ्य चौकीमा वडा नम्बर ४ भित्रका नागरिकहरु ,अधिकारी स्वास्थ्य चौकीमा वडा नम्बर ५ र ६ का नागरिकहरु र बोवाङ स्वास्थ्य चौकीमा वडा नम्बर ७ ८ र ९ का नागरिकहरुलाई लगाईने संयोजक शर्माको भनाई छ ।










