घरेलु मदिरा कसरी बन्छ विषालु ?

घरेलु मदिरा कसरी बन्छ विषालु ?
२०७८ साउन ५ गते मङ्गलबार १२:१९

विभिन्न चाडपर्व, उत्सव, समारोहहरूमा मदिराको सेवन गर्नुपर्छ मदिरा भएन भने रमाइलो नै हुँदैन भन्ने परम्परा बसिसकेको छ । तर, मदिरा पिउँदा होस पुर्‍याउनु पर्छ । कुनैखाले मदिरा विषालु पनि हुन्छन् । विशेष गरी घरेलु मदिरा विषालु हुन्छ...

विभिन्न चाडपर्व, उत्सव, समारोहहरूमा मदिराको सेवन गर्नुपर्छ मदिरा भएन भने रमाइलो नै हुँदैन भन्ने परम्परा बसिसकेको छ । तर, मदिरा पिउँदा होस पुर्‍याउनु पर्छ । कुनैखाले मदिरा विषालु पनि हुन्छन् । विशेष गरी घरेलु मदिरा विषालु हुन्छ । आखिर मदिरा किन र कसरी विषालु बन्छ

घरेलु मदिरा कच्चा मदिरा पनि हो । यसलाई अझ कडा र नशालु बनाउन खोज्दा यो विषालु बन्न जान्छ । सामान्यतया यो गुँड र शीराबाट तयार गरिन्छ । तर, यसमा यूरिया मल र बेसरमबेलका पात पनि मिसाउने गरिन्छ । यसले मदिरालाई कडा नशा दिने र टिकाउ बनाउँछ ।

मदिरालाई अधिक नशालु बनाउने उद्देश्यले यसमा आक्सिटोसिन मिलाइन्छ जो मृत्युको कारण बन्दछ । आक्सिटोसिनले नपुंसकता बढाउने र नर्वस सिस्टमसँग सम्बन्धित कयौँ रोगको कारण बन्दछ । यसको सेवनले आँखा र पेटमा जलन हुनुका साथै आँखाको ज्योति पनि गुम्न सक्छ । घरेलु मदिरामा यूरिया र आक्सिटोसिन जस्ता रासायनिक पदार्थ मिलाउनाले यो मिथाइल अल्कोहल बन्न पुग्छ । जो मृत्युको कारण बन्न पुग्छ ।

वैज्ञानिकहरूका अनुसार मिथाइल शरीरभित्र प्रवेश गर्नासाथै केमिकल रिएक्सन तेज हुन थाल्छ । यसबाट शरीरको भित्री अंगले काम गर्न छाड्छन् र तुरुन्तै मृत्यु हुन्छ । कसैको शरीरमा यो रासायनिक प्रक्रिया बिस्तारै हुने हुँदा उनीहरूलाई बचाउन सकिन्छ । शुद्ध मदिरा उँखुको रस, ग्लुकोज, शोरा, महुवाको फूल, आलु, चामल, जौ, मकै र स्टार्च तत्व पाइने पदार्थबाट तयार गरिन्छ ।

यसलाई कडा र नशालु बनाउने लोभमा व्यापारीहरू यसमा मेथनाल नामक रसायन मिलाउँछन् । यसले मदिरालाई अझै विषालु बनाउँछ । मदिरा व्यापारीबाट एथेनालको अत्यधिक प्रयोग हुन्छ । किनकि यसमा घुलनशील क्षमता गजबको हुन्छ ।

यसको प्रयोग वार्निश, पालिस, औषधिको घोल, पफ्र्यूम, क्लोरोफर्म, कृत्रिम रङ, पारदर्शक साबुन आदि बनाउनमा प्रयोग हुन्छ । पिउने कयौँखाले मदिरा घाउ चोटपटकमा धुन र ब्याक्टेरिया मार्नका लागि पनि प्रयोग गर्न सकिन्छ । –एजेन्सी

प्रकाशित मिति २०७८ साउन ५ गते मङ्गलबार १२:१९
प्रतिक्रिया दिनुहोस्