सरकारले तोकेको मापदण्ड अनुसार बाग्लुङ जिल्लाका सबै पालिकामा खोप लगाउने अभियान जारी रहेको छ । आज दोस्रो दिन ढोरपाटन नगरपालिका स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ४ सय जना, खुंगा स्वास्थ्य चौकीमा ९९ जना,अधिकारीचौर स्वास्थ्य चौकीमा ११८ जना र बोवाङ स्वास्थ्य चौकीमा १०७ जना गरि कुल ७२४ जनालाई भेरोसेल खोप लगाईएको नगर स्वास्थ्य संयोजक घनश्याम शर्माले बताउनुभयो ।
आज ढोरपाटन नगरपालिका वडा नं. १ र २ का स्थित सम्पुर्ण विद्यालयका शिक्षक तथा कर्मचारीहरु गरि २४८ जना, खोप अनिवार्य गरिएका देशमा जाने नागरिकहरु २ जना र १५० जेष्ठ नागरिक गरि कुल ४०० जनालाई भेरोसेल खोप लगाईएको स्वास्थ्य केन्द्रका नर्स पार्वती अर्यालले बताउनुभयो । पहिलो दिन ढोरपाटन नगरपालिका ३ स्थित सम्पुर्ण विद्यालयका शिक्षक तथा कर्मचारीहरु गरि ४३ जना र ५५ वर्षभन्दा माथिका कोरोनाको पहिलो खोप लगाउन बाकीँ जेष्ठ नागरिकहरु २२९ जना गरि कुल २७२ जनालाई खोप लगाईएको थियो ।
सरकारले ५५ वर्ष र सो को उमेर समुहभन्दा माथि पहिलो डोज खोप लगाउन बाँकी सबै, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चाल र सहचालकहरु, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरुका लागि खोप लगाईने उल्लेख गरेको छ ।
भोली ६ गते, सार्वजनिक यातयातमा कार्यरत चालक तथा सहचालकहरु, तरकारी, फलफुल, दु्ध देरीजन्य उत्पादन, माछा मासु, पानी सप्लार्यस, विउ विजन विक्रेता, कृषि उपज, ग्यास , पेट्रोलियम प्रदार्थ व्यवसाय गर्ने व्यवसायका प्रोपाइटरलाई खोप लगाइने नगर स्वास्थ्य संयोजक शर्माले बताउनुभयो ।
यस्तै खुगाँ स्स्वास्थ्य चौकीमा वडा नम्बर ४ भित्रका नागरिकहरु ,अधिकारी स्वास्थ्य चौकीमा वडा नम्बर ५ र ६ का नागरिकहरु र बोवाङ स्वास्थ्य चौकीमा वडा नम्बर ७ ८ र ९ का बाकी नागरिकहरुलाई भोली पनि खोप लगाईने संयोजक शर्माले जानकारी दिनुभयो ।















