उपचार गर्न आर्थिक अभाव
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ४ रिखुवा निवासी कलेजोको क्यान्सरले ग्र्रसित गोकुल प्रसाद अर्गेजालाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
रोजगारीको लागि बेलायत जानुभएका टक बहादुर अर्गेजाको नेतृत्वमा त्यहाँ रहेका नेपालीबाट संकलित रु १ लाख ४४ हजार ७ सय ५० रुपैँया एक कार्यक्रमको बिच रक्तिम सांस्कृतिक अभियानका जिल्ला सचिव सहविन अर्गेजाले हस्तान्त्रण गर्नुभएको थियो ।
ढोरपाटन नगरपालिका ४ रिखुवामा खेति किसानी गरि दैनिकी चलाउदैँ आउनु भएका गोकुल प्रसाद अर्गेजालाई अचानक कलेजोको क्यान्सर भएपछि उपचार गर्न आर्थिक अभाव देखिएको थियो । सामान्य परिवारमा जन्मनुभएका अर्गेजालाई उपचार गर्न आर्थिक अभाव रहेको कुरा बाहिर आए सगैँ सहयोग अभियान सुरु गरिएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका जिल्ला सचिव सहविन अर्गेजाले बोल्दैँ यस प्रकारको समस्या जसलाई पनि पर्न सक्ने हुदाँ सहयोग संकलन गरि बेलायतबाट रकम पठाउने टक बहादुर अग्र्रेजा लगायत टिमलाई धन्यबाद दिनुभएको थियो । सबैको साथ सहयोगले अर्गेजाको उपचार सफल हुने बताउदैँ उहाँले उपचारको लागि सक्दो सहयोग गरिदिन सबैलाई अनुरोध समेत गर्नुभएको थियो ।
यसैगरि राजमो ढोरपाटन ४ का वडा सचिब कुल बहादुर छन्त्यालले आर्थिक अवस्था समेत कम्जोर भएका अर्गेजालाई उपचार गर्न धेरै रकम लाग्ने हुदाँ आर्थिक अभाव देखिएको बताउनुभयो । परिवारजनले सक्दो प्रयास गर्नुभयो तर अझै आर्थिक कम भएको हुदाँ सहयोग गरिदिन उहाँले आग्रह गर्नुभयो । रिखुवा टोल समितिका अध्यक्ष राम बहादुर अर्गेजाको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन सचिब प्रेमलाल अर्गेजाले गर्नुभएको जनाइएको छ ।
सहयोगीहरु-











