मजदुरले खाएको खाना र मदिरा परीक्षणका लागि पठाईंदै

मजदुरले खाएको खाना र मदिरा परीक्षणका लागि पठाईंदै
२०७८ साउन ७ गते बिहिबार ०२:५२

बागलुङ, ७ साउन– मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायव उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको...

बागलुङ, ७ साउन– मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायव उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो ।

प्रहरीले घटनामा मृत्यु भएका र गम्भिर बिरामी परेका मजदुरहरुले सेवन गरेको मदिरा र खानाको नमुना लिएर फर्किएको हो । प्रहरीले घटनास्थलबाट ल्याएको मदिरा र खाना परीक्षणको लागि विधि विज्ञान प्रयोगशाला पठाउने तयारी भैरहेको प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्लीमगरले बताए ।

गत सोमबार साँझ स्थानीय एक पसलबाट ल्याएको मदिरा र चाउचाउ तथा दालमोठ खाएपछि बिरामी परेका चार जनाको मंगलबार बिहान मृत्यु भएको थियो । दुई जना गम्भिर बिरामी मजदुरको पोखरास्थीत मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का ३० वर्षिय प्रविन घर्ती, ५१ वर्षका रेखबहादुर राना, २१ वर्षका दिपेन्द्र पुन मगर र ३९ वर्षका दुधबहादुर राना रहेका छन् ।

‘त्यहाँ त के भेटिन्थ्यो र सोधपुछ गर्ने काम भयो, छिमेकीले पनि त्यहीँबाट रक्सी ल्याएर खाएको भन्छन्’ अनुसन्धानका लागि घटनास्थल पुगेका हवारीले भने ‘अब खाना, मदिरा र भिसेरा रिपोर्ट जे आउँछ त्यसको आधारमा अनुसन्धान अघि बढ्छ ।’ घटनास्थलमा पुगेको प्रहरीले मजदुरहरुले सधैं मदिरा खाने गरेको र त्यो दिन पनि त्यसै भएको बताएका थिए ।

मृतकको शव धौलागिरी अस्पतालको शव गृहमा राखिएको छ । रोल्पाबाट आफन्तहरु बुधबार बिहान मात्रै बागलुङ आईपुगेका छन् । ‘उहाँहरु आएको खबर छ, जाहेरी आएपछि मात्रै पोष्टमार्टम हुन्छ’ प्रहरी उपरीक्षक पल्लीमगरले भने ‘पोष्टमार्टमपछि भिसेरा र खाना तथा मदिरा एकैपटक विधि बिज्ञान प्रयोगशाला पठाउँछौं ।’ आफन्तले भने रिपोर्ट आएपछि मात्रै शव बुझ्ने बताउँदै आएका छन् ।

स्रोत -ढोरपाटन न्युज

प्रकाशित मिति २०७८ साउन ७ गते बिहिबार ०२:५२
प्रतिक्रिया दिनुहोस्