नयाँ सहर आयोजना मार्फत ढोरपाटन ३ को चाचल देखि कालापोल सम्मको सड्कलाई थप ३ करोड विनियोजन

नयाँ सहर आयोजना मार्फत ढोरपाटन ३ को चाचल देखि कालापोल सम्मको सड्कलाई थप ३ करोड विनियोजन
२०७८ साउन ७ गते बिहिबार ०७:४१

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ३ को चाचल घाट देखि घोसा,सामा,हुँदै कालापोल सम्म सडक स्तर उन्नतिको लागि थप बजेट विनियोजन गरिएको छ । नयाँ सहर आयोजना मार्फत सडक स्तर उन्नतिको लागि केहि समय पहिले २ करोड रुपैयाँ बिनियोजन...

सडकको ठेक्का प्रक्रिया सुरु

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ३ को चाचल घाट देखि घोसा,सामा,हुँदै कालापोल सम्म सडक स्तर उन्नतिको लागि थप बजेट विनियोजन गरिएको छ ।

नयाँ सहर आयोजना मार्फत सडक स्तर उन्नतिको लागि केहि समय पहिले २ करोड रुपैयाँ बिनियोजन भएको थियो । तर सड्क स्तर उन्नति सगैँ ग्राभेलको लागि बजेट अपुग हुने देखिएसगैँ निरन्तरको पहल पश्चात थप ३ करोड थप गरि कुल ५ करोड रुपैँया छुट्टिएको ढोरपाटन नगरपालिका ३ का वडा अध्यक्ष हेमेन्द्र घर्तिमगरले बताउनुभयो ।

गएको ३ वर्ष यता साघुँरो सड्क मर्मत सगैँ पराकिलो बनाउनको निम्ति,नगरपालिका,नयाँ सहर आयोजना र प्रदेश सरकार संमक्ष निरन्तर पहल भैरहेको थियो । यस वर्ष चाचल घाट देखि कालापोल सम्मको सड्कको लागि पहिलेको बजेटमा थप गरि ५ करोड रुपैँया छुट्टिएको अध्यक्ष घर्तिको भनाई छ । यहि साउन ३ गतेदेखी आउदो भदौँ ५ गतेसम्म उक्त सडकको ठेक्का प्रक्रिया समेत खोलिएको छ ।

गुणस्तरीय काम गर्ने जुनसुकै निमार्ण कम्पनीहरुले उक्त टेन्डरको लागि प्रतिस्पर्धा गर्न पाउनेछन् । साविकको बुर्तिबाङ गा.वि.स वडा नम्बर ६,७,८ र ९ वडाहरु मिलाएर ढोरपाटन नगरपालिका ३ बनाईएको थियो । तल बग्ने तमानखोलाको वारिपारी गरि वडा नम्बर ३ बनाईएको छ । बगर चाचल घाटमा मोटरयवल पुल नहुदाँ वर्षा याममा भने सवारी अवरुद्ध हुने गरेको छ । चाचल घाटमा मोटरयवल पुल निमार्णको लागि पनि निरन्तर पहल भैरहेको वडा अध्यक्ष घर्तिले बताउनुभयो ।

छरछरे रातामाटाबाट विस्मोर,पुर्कोट हुदैँ चिर्वाङ सम्मको बाटो सडक स्तर उन्नतिको लागि बजेट माग भईरहेको उहाँले बताउनुभयो । सडक स्तर उन्नति सगैँ वडाका सड्कहरु पिजको लागि सुरु भएको उहाँको भनाई छ । सडक स्तर उन्नतिको लागि थप बजेट विनियोजन भएसगैँ स्थानियहरु भने खुशी भएका छन् ।

प्रकाशित मिति २०७८ साउन ७ गते बिहिबार ०७:४१
प्रतिक्रिया दिनुहोस्