ढोरपाटन नगरपालिकामा शनिबार पनि खोप लगाईने

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका आजबाट कोरोना भाईरस बिरुद्धको ज्यानसन खोप लगाउन सुरु गरिएको छ ।
नगरपालिका अन्तरगतको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र सहित खुंगा स्वास्थ्य चौकी,अधिकारीचौर स्वास्थ्य चौकी र बोवाङ स्वास्थ्य चौकीमा शुक्रबारबाट ज्यानसन खोप लगाउन थालिएको ढोरपाटन नगर स्वास्थ्य संयोजक घनश्याम शर्माले बताउनुभयो ।
आज पहिलो दिन बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट १६३ जनाले ज्यानसन खोप लगाएको नर्स पार्वती अर्यालले बताउनुभयो । साथै स्वास्थ्य केन्द्रमा रहेको भेरोसेल खोप १२९ जना छुटेका शिक्षक,कर्मचारी,वृद्धवृद्धा, र अग्र भागरमा रहेर कार्य गर्ने कर्मचारीहरुलाई लगाईएको अर्यालले जानकारी दिनुभयो । खुंगा स्वास्थ्य चौकी,अधिकारीचौर स्वास्थ्य चौकी र बोवाङ स्वास्थ्य चौकीमा खोप लगाएकाहरुको विवरण भने आउन बाकीँ नै छ ।
उमेर ५० वर्ष देखी ५४ वर्षका नागरिकहरु, पूर्ण अति अशक्त तथा अपाङ्ग रातो कार्ड र निलो कार्ड प्राप्त गरेका नागरिकहरु, खोप अनिवार्य गरिएका देशमा जाने नागरिकहरु, स्वास्थ संस्थामा काम गर्ने स्वास्थकर्मी र सरसफाईकर्मीहरुलाई खोप सेवा दिईएको स्वास्थ्य संयोजक शर्माको भनाई छ ।
जिल्लाको बाग्लुङ नगरपालिकामा यहि साउन ६,७ गते,ताराखोला र बडिगाड गाउँपालिकामा ६ गते,काठेलोला गाउँपालिकामा ७ गते, ढोरपाटन नगरपालिकामा८,९ गते र जैमिनि नगरपालिका र गलकोट नगरपालिका,बरेङ,तमानखोला र निसीखोला गाउँपालिकामा ८ गते खोप लगाउने तालिका अनुसार सबै पालिकामा आज खोप लगाईएको हो । ढोरपाटन नगरपालिकामा भने शनिबार पनि खोप लगाईने जनाईएको छ ।












