
बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका शुक्रबारबाट कोरोना भाईरस विरुद्ध जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरिएको थियो ।
शुक्रबार पहिलो दिन बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट १६३ जनाले र आज दोस्रो दिन ६० जनाले खोप लगाएको नर्स पार्वती अर्यालले बताउनुभयो । पालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र सगैँ, खुंगा स्वास्थ्य चौकी,अधिकारीचौर स्वास्थ्य चौकी र बोवाङ स्वास्थ्य चौकीमा गरि आज सम्म कुल ८ सय १ जनालाई जोन्सन एण्ड जोन्सन खोप लगाईएको बताईएको छ ।
उमेर ५० वर्ष देखी ५४ वर्षका नागरिकहरु, पूर्ण अति अशक्त तथा अपाङ्ग रातो कार्ड र निलो कार्ड प्राप्त गरेका नागरिकहरु, खोप अनिवार्य गरिएका देशमा जाने नागरिकहरु, स्वास्थ संस्थामा काम गर्ने स्वास्थकर्मी र सरसफाईकर्मीहरुलाई खोप सेवा दिईएको स्वास्थ्य संयोजक घनश्याम शर्माले बताउनुभयो ।
जिल्लाको बाग्लुङ नगरपालिकामा यहि साउन ६,७ गते,ताराखोला र बडिगाड गाउँपालिकामा ६ गते,काठेलोला गाउँपालिकामा ७ गते, ढोरपाटन नगरपालिकामा ८,९ गते र जैमिनि नगरपालिका र गलकोट नगरपालिका,बरेङ,तमानखोला र निसीखोला गाउँपालिकामा ८ गते खोप लगाउने तालिका अनुसार सबै पालिकामा जोन्सन एण्ड जोन्सन खोप लगाई सकिएको छ ।










