
बुर्तिबाङ – बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नं ५ बिहुका शुसिल कँडेलले अष्ट्रेलियामा आफ्नै व्यवसाय सुरु गर्नुभएको छ । कँडेलले अष्ट्रेलियाको एडिलेडमा, फ्लाइट कनेक्टको शुरुवात गर्नुभएको हो ।
प्रवासी नेपालीहरु पनि बिस्तारै रोजगारी खोज्ने भन्दा आफ्नै व्यवसाय शुरु गर्न थालेका छन् । अष्ट्रेलियामा मुख्य तया स्वास्थ्य सेवा र होटल रेष्टुरेन्टमा नेपालीहरु कार्यरत रहदै आएका छन् । शुरुका दिनमा त्यहाँ रहनका लागि स्थायी बसोवास अनुमति (पिआर) अनुकुल काम गरे पनि पछिल्ला दिनहरुमा आफ्नै सेवा मुलक व्यवसाय शुरु गर्न थालेका छन् ।
यसै क्रममा अष्ट्रेलियाको एडिलेडमा ट्राभल एजेन्सी `फ्लाइट कनेक्ट´ शुरु भएको छ । टिकट विक्री,होटल बुकिङ, ट्राभल इन्सुरेन्स, होलिडे प्याकेज लगायत पर्यटन संग जोडिएको कार्य गरिने व्यवसायी शुसिल कडेलले बताउनुभयो । कडेलले नेपालीहरुलाई नेपाल यात्राका लागि टिकट देखि आवश्यकता अनुसार होटलको रिजर्भेसन समेत गर्ने मात्र नभएर विश्वका विभिन्न देशमा होलिडे प्याकेजको समेत शुलभ मुल्यमा उपल्वध गराउने जानकारी दिनुभयो ।
विगत नौ वर्ष देखि ट्राभल एजेन्सी व्यवसायमा रहनु भएका कडेलले अष्ट्रेलियामा रहेका गैर्ह नेपालीहरुलाई नेपाल भ्रमणका लागि समेत प्रेरित गरेर नेपालको पर्यटन व्यवसाय मार्फत अर्थतन्त्रमा टेवा दिन समेत योगदान गर्दै आएको बताउनु भयो । बिगतमा सयौ संख्यामा सन्तुष्ट सेवाग्रही बनाइसक्नु भएका कडेल साउथ अष्ट्रेलियमा नेपाली समुदायको विचमा रुचाईएका ट्राभल एजेन्टको रुपमा परिचित हुनुहुन्छ ।











