जैमिनीमा नाजायक सम्बन्धका कारण भु्रण हत्या आरोपमा देवर भाउजु विरुद्ध मुद्दा

जैमिनीमा नाजायक सम्बन्धका कारण भु्रण हत्या आरोपमा देवर भाउजु विरुद्ध मुद्दा
२०७८ साउन १० गते आईतबार ०५:५७

जिल्ला प्रहरी कार्यालय बागलुङले भु्रण हत्याको आरोपमा बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानीका देवर भाउजुविरुद्ध मुद्दा चलाएको छ । गत साउन ३ गते घर नजिकै जमिनमा गाडिएको अवस्थामा चार महिने शिशुको भु्रण भेटिएपछि प्रहरीले...

जिल्ला प्रहरी कार्यालय बागलुङले भु्रण हत्याको आरोपमा बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानीका देवर भाउजुविरुद्ध मुद्दा चलाएको छ ।
गत साउन ३ गते घर नजिकै जमिनमा गाडिएको अवस्थामा चार महिने शिशुको भु्रण भेटिएपछि प्रहरीले २६ वर्षिया सम्झना नेपालीलाई पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा सम्झना नेपाली र गाउँकै देवर नाता पर्ने ३१ वर्षे लालबहादुर सार्कीको संलग्नता देखिएपछि उनीहरुविरुद्ध भु्रण हत्या आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरी नायव उपरिक्षक इकबाल हवारीले जानकारी दिनुभयो ।

राङखानीमा ४ महिने शिशुको भु्रण हत्या गरिएको अवस्थामा साउन ३ गते भेटिएको थियो । इलाका प्रहरी कार्यालय बरेङबाट प्रहरी सहायक निरीक्षक अमृत कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले भु्रण फेला पारेको थियो । भु्रण हत्या गरी फालिएको भन्ने स्थानीयको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।

नेपालीकोे घरदेखि करिब ५० मिटर पूर्वमा उनकै बारीमा गाडिएको अवस्थामा भु्रण भेटिएको थियो । सम्झनाका श्रीमान विगत तीन वर्षदेखि प्रवासमा छन् । पक्राऊ परेकालाई म्याद थप गरी थुनामा राखिएको प्रहरीले जनाएको छ ।
श्रीमान विदेश भएपछि अर्कै युवकसंग नाजायक सम्बन्धका कारण गर्भधारण भएपछि चार महिनाको भु्रण हत्या गरी फालेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति २०७८ साउन १० गते आईतबार ०५:५७
प्रतिक्रिया दिनुहोस्