
विभिन्न ठाउँमा लुकाई राखेको अवस्थामा बागलुङको तमानखोलाबाट २२ थान बन्दुक बरामद भएका छन् । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बन्दुक बरामद गरेको हो । आइतबार दिउँसो साढे ११ बजेको समयमा प्रहरी चौकी बुङगादोभान बाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जनाएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताउनुभयो ।
बागलुङको तमानखोला गाउँपालिका वडा नं ४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा १ नाले भरुवा बन्दुक १२ थान र वडा नं ३ मार्के खोलाको ओढारमा १ नाले १० थान बन्दुक फेला परेको उहाँले बताउनुभयो । ओढारमा भरुवा बन्दुक लुकाइछिपाइ राख्नेहरुका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रकाशित मिति २०७८ साउन १० गते आईतबार ०७:३९