धौलागिरी अस्पताल बाग्लुङमा उपचारत जैमिनीका कोरोना संक्रमित पुरुषको मृत्यु

धौलागिरी अस्पताल बाग्लुङमा उपचारत जैमिनीका कोरोना संक्रमित पुरुषको मृत्यु
२०७८ साउन ११ गते सोमबार ११:४९

बाग्लुङ जिल्लामा थप एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचाररत कारोना संक्रमित पुरुषको मृत्यु भएको हो । जिल्लाको जैमिनी नगरपालिका–३ का ५२ वर्षका पुरुष संक्रमितको सोमबार आज बिहान...

बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुग्यो

बाग्लुङ जिल्लामा थप एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचाररत कारोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

जिल्लाको जैमिनी नगरपालिका–३ का ५२ वर्षका पुरुष संक्रमितको सोमबार आज बिहान करिब ६ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले बताउनुभयो ।

उहाँको साउन ३ गते देखि सघन उपचार कक्षमा उपचार भइरहेको थियो । यो संगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको कोरोना स्रोत व्यक्ति धिमिरेले जानकारी दिनुभयो । बाग्लुङ जिल्लामा अहिलेसम्म २ सय ९४ जना सक्रिय संक्रमित छन् ।

जसमध्ये अधिकांश होम आइसोलेशनमै बसेका छन् । २२ जना मात्रै कोभिड अस्पताल र आइसोलेशनमा छन् । धौलागिरी अस्पतालमा १४ जना उपचाररत छन् भने ताराखोला कोभिड अस्पतालमा ६ जना र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना रहेको जनाईएको छ ।

प्रकाशित मिति २०७८ साउन ११ गते सोमबार ११:४९
प्रतिक्रिया दिनुहोस्