गत साउन १० गते, राष्ट्रिय जनमोर्चा बागलुङको बैठक जिल्ला कमिटि उपाध्यक्ष धर्मबहादुर कुवँरलाई कार्यवहाक अध्यक्ष बनाएर बस्यो । जनमोर्चा बागलुङका अध्यक्ष स्वयं बागलुङमै थिए । तर उनी हुँदाहँुदै कार्यवहाक अध्यक्ष बनाएर बैठक बस्नुको रहस्यका विषयमा पार्टिपंक्तिका कार्यकर्ताको चासो बढेको छ ।
खासगरि गण्डकी प्रदेशमा बामगठबन्धनको सरकार ढाल्ने सवालमा पार्टि केन्द्र र जिल्लामा देखिएको खचपचका कारण यस्तो अवस्था सिर्जना भएको कार्यकर्ता र पार्टिका नेताहरुको भनाई, बुझाई देखिन्छ । बागलुङ जिल्ला पार्टि सचिवालयले गुरुङ सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र सरकार ढाल्ने बनाउने खेलमा लाग्नुहुँदैन भन्ने लिखित निर्णय केन्द्रलाई बुझाएको पार्टिका एक नेताले बताएका छन् । उक्त प्रस्तावमा पार्टि सचिवालय बागलुङ, यहाँका अधिकाँस नेता कार्यकर्ताहरुको समेत राय मिलेको उनीहरुको तर्क छ । त्यसमा जिल्ला अध्यक्षको हैसियतले पार्टि अध्यक्ष अमर थापा अलिबढी भिडेका थिए । केन्द्रिय सदस्य समेत रहेका कृष्ण थापा गण्डकी प्रदेश साँसद थिए । जिल्ला पार्टिको लिखित राय र तत्काल बुटवलमा बसेको पार्टि केन्द्रिय सचिवालयको बैठकमा अध्यक्ष र साँसद थापाद्धयले आफ्नो मत गण्डकी प्रदेश सरकार ढाल्ने र बनाउनेमा नलाग्ने स्पष्ट गरेका थिए ।

गण्डकी प्रदेश सरकारमा काँग्रेससँग हुने पार्टि निर्णयपछि थापाले केही मिडियामा यस्तो प्रतिक्रिया दिएका थिए ।
पार्टि केन्द्रको बहुमतले उनीहरुको मत सदरहुने अवस्था आएन । नोट अफ डिसेन्ट लेखेर निस्केका उनीहरुले अन्ततः आफ्नो राय, कार्यकर्ताको मतमा अडान लिए । कृष्ण थापाले साँसद पद समेत त्यागन तयार भए । उता बागलुङका पार्टि अध्यक्ष थापाले यस विषयमा नैतिक दवाव जिल्ला पार्टि कार्यकर्ता र पूरा आफ्नो अडानका कारण यस अघि नै पार्टि उपाध्यक्ष धर्मबहादुर कुवँरलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका थिए । पार्टिमा राजीनामा समेत चढाएका थापालाई त्यसको ठोस निर्णय नआउँदै पुनः बैठकको अध्यक्षता गरिरहन नैतिक संकटका कारण जिल्लामा हुँदाहुँदैपनि कार्यवहाक अध्यक्षको अध्यक्षतामा बैठक बस्नु परेको एक नेताले बताए ।

कार्यबहाक अध्यक्ष धर्मबहादुर कुवँरको अध्यक्षतमा बसेको बैठकपछिको निर्णय विज्ञप्ति मार्फत सार्वजनिक गर्दै
अध्यक्ष थापा आफ्नो मतमा स्पष्ट र किलिएर नेता मानिन्छन् । चार चार कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थापाले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन सम्पन्न गराएर, बामगठबन्धनलाई बलियो बनाएका हुन् । जिल्लामा उनलाई पार्टिले संघीय साँसदको प्रस्ताव गरिरहँदा पार्टि केन्द्रले बागलुङ छाठेर प्यूठान बटमलाईन बनाएपछि, जनमतहुँदाहुँदै सहिद बनाइएका थापाले पार्टिको निर्णयलाई सिरोधार्य गरेका हुन । त्यागी, हठी र गतिलो आत्मबल भएका थापा बागलुङको बाम आन्दोलन र पार्टि आन्दोलनका धरोहर हुन् । नेतृत्वदायी क्षमता भएका नेता हुन् । उनलाई पार्टिपंक्तिले बुझ्छ । तर कहिलेकाहीं विविधतामा एकता पार्टि, संगठन र कार्यकर्ताको भावनाअनुसारको निर्णय हुन्छ भन्ने केन्द्रको राप ताप र दवावका कारण केही छिद्रता देखाउने गरेका उनले साँगोपाँगो संगठनात्मक अवस्थामा चुस्तता दिन नसकेको केही कार्यकर्ताको आलोचना समेत छ ।
चाहिएको ठाउँमा कम बोल्ने र नचाहिएको ठाउँमा अलि बोलिहाल्ने व्यक्तिगत आनीबानीले होला । उनको स्वभावप्रति केही नेता र कार्यकर्ताले, देखिएको विषेशताभन्दा कहिलेकाहीं चुक्ने बानीले समस्या दिनेगरको समेत बताउने गर्छन । यद्यपी पार्टिको नीति, निष्ठा र स्वाभिमान जोगाउनेमा उनलाई नेतृत्वका हिसावले अग्रभागमै राख्ने गरेका कार्यकर्ताले बुझ्छन् ।
पार्टि केन्द्रले जिल्लामा रहेका नेता र कार्यकर्ताको मनोवल घट्नेगरि गर्ने केन्द्रिकृति गतिविधि र मनोमानी थापालाई मन नपरेकै हो । त्यसकारण पनि उनले यो गतिविधि सच्याउनुपर्छ भनेर आफ्नो स्पष्ट राय राख्ने गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् । पार्टिको बैठकमा थापा र उनीसँगै केही नेताहरुले गण्डकीमा काँग्रेससँग मिलेर सरकार गिराउने बनाउने खेलसँगै आफ्नै साँसद हटाउने घटना सिर्जना गर्नु पार्टि केन्द्र र त्यसका नेताको कमजोरी भएको स्पष्ट गरेका छन् । तैपनि पार्टि केनद्रको बहुमतले गरेको निर्णय बाध्यकारी भई मान्नुपर्ने कारणले खोटपनि सहनुपर्ने अवस्था आएको बैठककै नेताहरुले मन बुझाउने तर्क पेश भएको बताएका छन् ।

थापाले आफ्नो मत यसरी स्पष्ट गर्दै आएका हुन् ।
तर पार्टिका अध्यक्ष थापा बागलुङ बजारमै भएको, अघिल्ला पार्टि बैठकमा सहभागी भएको र आफ्ना कुरा स्पष्ट गरिरहेका बेला आफै अध्यक्ष भएको जनमोर्चाको बैठकमा उपस्थित नभई कार्यवहाक अध्यक्ष बनाएर बसेको बैठक र त्यसको निर्णय विज्ञप्ति मार्फत बाहिर आएपछि, थापा किन बैठकमा बसेनन् भनेर जिल्लाभरका कार्यकर्तामा चर्चा भइरहेको छ ।










