गण्डकीका सांसद कृष्ण थापाले पाएनन् अन्तरिम आदेश

गण्डकीका सांसद कृष्ण थापाले पाएनन् अन्तरिम आदेश
२०७८ साउन १३ गते बुधबार ०६:४५

सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टिले सांसद पदबाट हटाएको विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज रिटमाथि...

सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टिले सांसद पदबाट हटाएको विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

इजलासले थापालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८, ३२, ३४ का कानूनी प्रावधानबारे सुनुवाइको मौका दिएर प्रदेशसभा सदस्य पदबाट हटाएको पाइएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । इजलासले अन्य कानूनी पश्नहरूको निरूपण भने पूर्ण सुनुवाइबाट गर्नु उचित हुने फैसला गरेको हो । साँसद थापाले आफूले पार्टि परित्याग नगरेको र संसदमा लाग्ने ह्वीप समेत उल्लंघनको अवस्थामा नगएको भन्दै गैरकानूनी ढंगले साँसद पदबाट हटाएको भन्दै सर्वोच्चमा अन्तरिम आदेशको माग गर्नुभएको थियो ।

यस अघि नै एकपटम साँसद पदबाट हटाइएका साँसद थापालाई सर्वोच्चले पुनः पदवहाली गरिदिएपछि पार्टिले फेरि भ्याकेट मार्फत साँसद थापाको पद खारेजीको निवेदन गरेपछि थापा पदच्यूत हुनुभएको हो ।

प्रकाशित मिति २०७८ साउन १३ गते बुधबार ०६:४५
प्रतिक्रिया दिनुहोस्