काठमाण्डौ देखि बुर्तिबाङको लागि छुटेको बस गलकोटको चौराहमा दुर्घटना, ११ जना यात्रु घाइते

काठमाण्डौ देखि बुर्तिबाङको लागि छुटेको बस गलकोटको चौराहमा  दुर्घटना, ११ जना  यात्रु घाइते
२०७८ साउन १८ गते सोमबार ०८:५३

बाग्लुङ जिल्लाको गलकोट नगरपालिका १ चौराहमा काठमाण्डौंबाट बुर्तिबाङ तर्फ आउदैँ गरेको बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । आईतबार काठमाण्डौंबाट छुटेको बा ५ ख १५५३ नम्बरको बस सोमवार विहान मध्यपहाडी लोकमार्गको गलकोट...

बाग्लुङ जिल्लाको गलकोट नगरपालिका १ चौराहमा काठमाण्डौंबाट बुर्तिबाङ तर्फ आउदैँ गरेको बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।

आईतबार काठमाण्डौंबाट छुटेको बा ५ ख १५५३ नम्बरको बस सोमवार विहान मध्यपहाडी लोकमार्गको गलकोट चौराहमा दुर्घटना हुँदा बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएका हुन् । ११ जना भने सामान्य घाईते बनेको प्रहरीले बताएको छ ।

दुर्घटनामा परि बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री, गल्कोट नगरपालिका ३ गणेशचोकका वर्ष ७३ को हरीलाल खत्री, गुल्मीको मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, मुसिकोट नगरपालिका २ का वर्ष ३३ को राजकुमार कुवर, सोही स्थानका वर्ष ३० की तारा थापा र नवलपारासी सुनौल नगरपालिका ३ आसामबासीका वर्ष ४८ कि तारा पुन रहेको जनाईएको छ ।

यसैगरी, बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर २ का वर्ष १७ को विष्णु थापा, भारत घर भई हाल गुल्मी बस्ने वर्ष १९ को अनिल कुवर, वर्ष २५ का जिलाजित शर्मा, दिलदिप साहनी, बागलुङ वडिगाड गाउँपालिका ६ सिमलचौरका वर्ष ३९ का टेक बहादुर राना छन् ।

घाइते सबैलाई धौलागिरी अस्पताल बागलुङ लैजादैँ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताउनुभयो । बसको ब्रेक फेल भई सडकको कुनामा ठोकिन पुगेको थियो । बसका चालक चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारे थप अनुसन्धान भैरहेको उपरीक्षक हवारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ साउन १८ गते सोमबार ०८:५३
प्रतिक्रिया दिनुहोस्