
बाग्लुङ जिल्लाको गलकोट नगरपालिका १ चौराह देखी माथि भ्युटावर नजिकमा भएको बस दुर्घटना हुँदा बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएका हुन् । ११ जना सकुशल छन् ।
दुर्घटनामा परि बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री, गल्कोट नगरपालिका ३ गणेशचोकका वर्ष ७३ को हरीलाल खत्री, गुल्मीको मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, मुसिकोट नगरपालिका २ का वर्ष ३३ को राजकुमार कुवर, सोही स्थानका वर्ष ३० की तारा थापा, नवलपारासी सुनौल नगरपालिका ३ आसामबासीका वर्ष ४८ कि तारा पुन रहेका छन् ।
यसैगरी, बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ का वर्ष १७ को विष्णु थापा, भारत घर भई हाल गुल्मी बस्ने वर्ष १९ को अनिल कुवर, वर्ष २५ का जिलाजित शर्मा, दिलदिप साहनी, बागलुङ वडिगाड गाउँपालिका ६ सिमलचौरका वर्ष ३९ का टेक बहादुर राना हुनुहन्छ ।
घाइते सबैलाई धौलागिरी अस्पताल बागलुङमा उपचार सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
बस चालक खड्काको बयान –
गलकोट नगरपालिका वडा नम्वर १ का चित्र बहादुर खड्काले काठमाण्डौं बागलुङ बुर्तिवाङ सडक खण्डमा रात्री सेवाको बस चलाउदैं आउनुभएको छ । उमेर र कामका हिसाबले पाका चालकको रुपमा परिचय बनाउनुभएका खड्काले आईतबार साँझ काठमाण्डौंबाट आफुले चलाउदैं आएको बा ५ ख १५५३ नम्वरको बस लिएर बुर्तिवाङको यात्रामा निश्किनुभयो ।
सोमबार बिहान करिब साढे ६ बजेको समयमा गलकोट नगरपालिकाको प्रवेशद्धार भ्युटावरमा आईपुग्नुभयो । पुष्पलाल मध्येपहाडि लोकमार्गमा गएका पहिरो र सडकका खाड्लमा सवारी र यात्रीलाई सुरक्षित यात्रा गर्ने क्रममा सडकको ओरालोमा उहाँले गियर चेन्ज गरि १ मा ल्याउनुभयो ।
गियर चेन्ज भयो तर ब्रेक भने फेल भयो, चालक खड्काले भन्नुभयो, सुरक्षित रुपमा बसलाई रोक्न नालीमा राख्ने प्रयास सुरु भयो । चालक खड्काले सहचालकलाई बिस्तारै ओट राख्न भन्न्ुभयो, त्यो कुरा यात्रुले थाहा पाए लगतै बसबाट यात्रुहरु हाम फाल्न थाले, खड्काका अनुसार सडकमा हाम फालेका यात्रुलाई जोगाउदैं र गाडि भित्रका यात्रुको सुरक्षाको लागी नालिमा गाडि हालेर ठुलो मानविय दुर्घटनाबाट जोगियो ।
नगरपालिका क्षेत्र प्रवेश गरेको करिब ३ सय मिटरको दुरीमा बस नालिबाट भित्तामा ठक्कर खादैं रोकीयो तर हाम फालेका सहित ११ जना घाईते हुनुभयो । सबै जना गाडिमै बस्नुभएको भए अझै थोरै यात्रु घाईते हुने सम्भाबना थियो खड्काले भन्नुभयो, हाम फाल्दा जोगाउन गाह्रो भयो ।
ब्रेक फेल भएको गाडिलाई रोक्दा घाईते भएपनि मानविय क्षति भएको छैन्, घाईतेको स्वास्थ्य लाभ होस् कामना गर्दछु, खड्काले भन्नुभयो, सडकको छेउमा वा यो स्थान बाट १० मिटर अगाडि बस गएको भए ठुलो क्षति हुने थियो ।
बस दुर्घटना भएपछि घोडाबाधेबाट नेपाली सेना र बिहुबाट नेपाल प्रहरी आएर घाईतेलाई उपचारको लागी बागलुङ पठाउनुभएको छ । यात्रुको सामान प्रहरी चौकी नरेठाँटीमा जिम्मा लगाएको खड्काले बताउनुभयो ।
रेडियो गलकोट











