बागलुङकी एक महिला कालीगण्डकी नदीमा हाम फालेर वेपत्ता,खोजी कार्य जारी

बागलुङकी एक महिला कालीगण्डकी नदीमा  हाम फालेर  वेपत्ता,खोजी कार्य जारी
२०७८ साउन १९ गते मङ्गलबार ०५:१६

बाग्लुङकी एक महिला कालीगण्डकी नदीमा हाम फालेर एक महिला वेपत्ता हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–९ तित्याङ बस्ने ईन्द्रबहादुर थापाको श्रीमति ५० वर्षीया टिका थापाले बागलुङ नगरपालिका–१ निर्यघाट...

बाग्लुङकी एक महिला कालीगण्डकी नदीमा हाम फालेर एक महिला वेपत्ता हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–९ तित्याङ बस्ने ईन्द्रबहादुर थापाको श्रीमति ५० वर्षीया टिका थापाले बागलुङ नगरपालिका–१ निर्यघाट स्थित कालीगण्डकी नदीमा हाम फाल्नुभएको जनाईएको छ । थापाको छोरी शर्मिला थापाले दिएको जानकारी अनुसार उहाँले सोमबार साँझ करिब ५ बँजेको समयमा हाम फाल्नुभएको हो ।

उहाँको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो । महिला मानसिक रोगी भएको भन्ने बुझिएको र नदी किनारामा चप्पल भेटिएको छ ।

प्रकाशित मिति २०७८ साउन १९ गते मङ्गलबार ०५:१६
प्रतिक्रिया दिनुहोस्