धौलागिरी अस्पताल बाग्लुङमा दाताको सहयोग बाट एम्बुलेन्स खरिद गर्ने प्रक्रिया अन्यौलमा

धौलागिरी अस्पताल बाग्लुङमा दाताको सहयोग बाट एम्बुलेन्स खरिद गर्ने प्रक्रिया अन्यौलमा
२०७८ साउन २० गते बुधबार ०९:४७

धौलागिरी अस्पताल बाग्लुङमा सुबिधा सम्पन्न एम्बुलेन्स खरिद प्रक्रिया अन्यौलमा परेको छ । अष्ट्रेलियामा रहेका बागलुङेहरुको सहयोगमा ल्याउन लागिएको एम्बुलेन्स सरकारी कार्यविधि र अस्पतालको आवश्यकता फरक पर्दा खरिद प्रक्रिया नै...

धौलागिरी अस्पताल बाग्लुङमा सुबिधा सम्पन्न एम्बुलेन्स खरिद प्रक्रिया अन्यौलमा परेको छ । अष्ट्रेलियामा रहेका बागलुङेहरुको सहयोगमा ल्याउन लागिएको एम्बुलेन्स सरकारी कार्यविधि र अस्पतालको आवश्यकता फरक पर्दा खरिद प्रक्रिया नै अन्यौलमा परेको हो ।

अस्पतालले ‘टु विल’ गाडी खरिद गर्न खोजेको छ । सरकारी नियम अनुसार एम्बुलेन्सका लागि अनिवार्य ‘फोर विल’ गाडी आवश्यक पर्छ । सोही कार्यविधिका कारण खरिद प्रक्रिया अन्यौलमा परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो । अस्पतालले भारतीय फोर्स कम्पनीको गाडीका लागि पूर्व खरिद जानकारी पठाईसकेको छ । फोर्स ‘टु विल’ गाडी मात्रै उत्पादन गर्ने कम्पनी हो । फोर्सले ‘फोर विल’ गाडी बनाउन नसक्ने र सरकारी कार्यविधि अनुसारको गाडी खरिदका लागि बजेटको अभाव भएको हो ।

सरकारी मापदण्ड अनुसार ‘बि क्लास’ गुणस्तरको भारतीय गाडीका लागि मात्रै पुग्ने बजेट आँफुहरुसँग रहेको रानाले बताउनुभयो । तर सरकारी कार्यविधिमा भने अस्पतालका लागि ‘फोटोल चाईना’ कम्पनीले उत्पादन गरेको ‘फोर विल’ गाडी आवश्यक पर्छ ।

‘फोटोल चाईनाको गाडीका लागि ‘बि क्लास’ गाडी समेत ६५ लाख मुल्य पर्छ, ‘ए क्लास’ लिँदा ९५ लाख मुल्य पर्दोरहेछ’ रानाले भने ‘फोटोलको ‘सि क्लास’ गाडी लिने हामीसँग पैसा छैन् ।’ रानाले विदेशमा रहेका युवाहरुको सक्रियतामा खरिद गर्न लागिएको सुविधा सम्पन्न एम्बुलेन्स कार्यविधिका कारण खरिद गर्न नसकेको बताउनुभयो ।

‘न भाईबहिनीहरुले अरु रकम पठाउन सक्नुहुन्छ, माग्नु पनि कति, न सरकारले थप थाप गर्ने हो’ उहाँले भन्नुभयो । सरकार आँफैले दिनुपर्ने एम्बुलेन्स दाताको सहयोगमा खरिद गर्न खोज्दा समेत कार्यविधिले अफ्ठेरो बनाएको रानाको भनाई छ । अस्पतालसँग रहेको एक मात्रै एम्बुलेन्स जिर्ण रहेकाले सुबिधासम्पन्न एम्बुलेन्स खरिद थालिएको थियो ।

नयाँ एम्बुलेन्स खरिदका लागि अष्ट्रेलियमा रहेका बागलुङेले २८ लाख २ हजार रुपैयाँ स्वस्फुर्त जम्मा गरेर अस्पतालको खातामा पठाएका छन् । ‘दुई महिनादेखि यहीं काममा लागेका छौं, तर सरकारी निकायले सहयोग पाउन कठिन भयो’ रानाले थप्नुभयो ‘गाडी नकिन्नु बिरामी मर्कामा छन्, निन्नु आँफ्नै खर्च गरेमात्रै सम्भव छ ।’ खरिद गर्न लागिएको एम्बुलेन्समा अक्सिजन सिलिण्डरसहित सघन उपचार कक्ष बराबरको सुबिधा हुने उहाँको भनाई छ । ढोरपाटन न्युज

प्रकाशित मिति २०७८ साउन २० गते बुधबार ०९:४७
प्रतिक्रिया दिनुहोस्