बाग्लुङ – बाग्लुङ जिल्लामा स्थगित गरिएको खोप सेवा शुक्रबारदेखि सुरु गरिने भएको छ । यहि साउन २२ गतेदेखि भेरोसेलको खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय बागलुङका खोप सुपर भाईजर राजु कार्कीले बताउनुभयो ।
जिल्ला कोभिड खोप समन्वय समितिको निर्णय अनुसार ५५ वर्ष भन्दा माथीको उमेर समुह लगायतका लक्षित वर्गहरुलाई पहिलो मात्रा खोप पाएको २१ दिन पुगेको सबै व्यक्तिहरुलाई भेरोसेल खोप लगाईने छ ।
भेरोसेल खोपको पहिलो मात्रा लगाएको खोप कार्ड सहित खोप केन्द्रमा गई जनस्वास्थ्यका मापदण्ड पालना गरि खोप सेवा प्राप्त गर्न सकिनेछ । खोप बागलुङ नगरपालिकाका रुद्रे पिपल माध्यामिक विद्यालय, बागलुङ नगरपालिका–२, कालिका कन्या मन्दिर माध्यामिक विद्यालय, वडा न. ३ को खोप केन्द्रमा साउन २२ गतेदेखि २६ गतेसम्म खोप सेवा सञ्चालन गरिनेछ ।
बागलुङ नगरकै सबै स्वास्थ्यचौकीहरुमा साउन २२ गते र २५ गते लगाईनेछ । जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकामा यहि साउन २४ र २५ गते लगाईनेछ । गलकोट नगरपालिका, ताराखोला गाउँपालिकामा यहि साउन २६ र २७ गते खोप लगाईनेछ ।
बरेङ गाउँपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकामा यहि साउन २८ र २९ गते खोप लगाईनेछ । भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेकालाई मात्र दोस्रो मात्रा लगाईनेछ । २१ दिन नपुगी दोस्रो डोज लगाउन बञ्चित भएका व्यक्तिहरुलाई आगामी भदौ ८ र ९ गते खोप लगाईनेछ ।
यसभन्दा पहिले दबाव आएको भन्दै साउन ११ गतेदेखि खोप सेवा स्थगित गरिएको थियो । बीचमा १५ गते पुनः एक दिन खोप सेवा सञ्चालन गरिए पनि निरन्तरता पाउन नसकेको जनााईएको छ ।
जारी सुचना











