खप्तरीबाङ बाट बडिगाड खोलाले बगाउँदा वेपत्ता नविन कुमाल अझै भेटिएनन्

खप्तरीबाङ बाट बडिगाड खोलाले बगाउँदा वेपत्ता  नविन कुमाल अझै भेटिएनन्
२०७८ साउन २४ गते आईतबार ०७:४४

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ नजिकै खप्तरीबाङबाट गत शुक्रबार दिउँसो बडिगाड खोलाले बगाउँदा वेपत्ता बनेका बालक अभैm फेला परेका छैनन् । बालकको इलाका प्रहरी कार्यालय बुर्तिबाङ, तथा स्थानीयवासीले शुक्रबारदेखि नै...

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ नजिकै खप्तरीबाङबाट गत शुक्रबार दिउँसो बडिगाड खोलाले बगाउँदा वेपत्ता बनेका बालक अभैm फेला परेका छैनन् । बालकको इलाका प्रहरी कार्यालय बुर्तिबाङ, तथा स्थानीयवासीले शुक्रबारदेखि नै खोजी कार्य जारी राखे पनि हालसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले बताउनुभयो ।

गुल्मीको मुसिकोट नगरपालिका- ४ घर भई हाल बाबा आमासँग मावली घर ढोरपाटन नगरपालिका-१ खप्तरीबाङ आएका साढे दुई वर्षीय बालक नविन कुमाललाई बडिगाड खोलाले बगाएको हो । शुक्रबार दिउँसो साढे २ बजेतिर नविनका १२ वर्षिय दाजु अप्सन कुमाल नुहाउन खोलामा गएको र साथैमा भाईलाई पनि लिएर गएको बेला बेपत्ता बनेका थिए ।

अप्सनले नुहाउँदै गर्दा नदी छेउमा खेल्दै गरेका भाईलाई नदिले बगाएको अप्सनले बताएको प्रहरीले जनाएको छ । प्रहरीले निरन्तर खोजीकार्य जारी राखेको भएपनि आईतबार साझँसम्म पनि नभेटिएको निरिक्षक वन्तको भनाई छ ।

प्रकाशित मिति २०७८ साउन २४ गते आईतबार ०७:४४
प्रतिक्रिया दिनुहोस्