बुर्तिबाङको ग्यारेजमा काम गर्ने एक युवाले गरे कोठामा झुण्डिएर आत्महत्या

बुर्तिबाङको ग्यारेजमा काम गर्ने एक युवाले गरे  कोठामा झुण्डिएर आत्महत्या

टिकाराम भट्टराई

@समय नेपाल

२०७८ साउन २४ गते आईतबार ०८:२३

बुर्तिबाङ - बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा एक युवाले झुण्डिएर आत्महत्या गरेका छन्। भारतको बेतिया जिल्ला लौरुरी थाना निवासी २५–२६ वर्षीय उमेश गुप्ताले बुर्तिबाङ पेट्रोल पम्प नजिकैको एक घरको कोठामा झुण्डिएर...

बुर्तिबाङ – बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा एक युवाले झुण्डिएर आत्महत्या गरेका छन्। भारतको बेतिया जिल्ला लौरुरी थाना निवासी २५–२६ वर्षीय उमेश गुप्ताले बुर्तिबाङ पेट्रोल पम्प नजिकैको एक घरको कोठामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला गरेको छ ।

गुल्मीकी एक महिला सगँ साउन ९ गते यता बसि यम मोटर पाट्र्समा काम गर्दै आईरहेका गुप्ताले कोठामै पङ्खामा सलको पासो लगाई आत्महत्या गरेको अवस्थामा शुक्रबार बिहान शव फेला परेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।

सगैँ बस्दै आएकी महिला गुल्मी गएको बेला कोठाको ढोकामा चुकुल लगाई आत्महत्या गरेको अवस्थामा घरवेटीले झ्यालबाट देखेसगैँ प्रहरीलाई खबर गरेका थिए । यम मोटर पाट्र्स बुर्तिबाङमा मित्रीको रुपमा कार्यरत गुप्ता रोजगारीको शिलशिलामा यहाँसम्म आएको जनाईएको छ ।

घटनास्थलमा पुगि मुजुल्का उठाएसगैँ गुप्ताको शवलाई पोष्टमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरी निरिक्षक वन्तले बताउनुभयो । सगैँ बस्दैँ आईरहेकी महिला श्रीमति हो या होईन भन्ने बारेमा अझै नखुलेको जनाईएको छ । प्रहरीले खबर गरेसगैँ गुल्मीमा बस्ने आफन्तजनहरु बुर्तिबाङ आईपुगेको र भोली नै पोष्टमाटम गरि शव आफन्तको जिम्मा लगाईले उहाँले बताउनुभयो । आत्महत्याको कारण बारे भने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति २०७८ साउन २४ गते आईतबार ०८:२३
प्रतिक्रिया दिनुहोस्