बुर्तिबाङ सहित बाग्लुङ जिल्लाभर तपाईको मास्क खोइ अभियान

बुर्तिबाङ सहित बाग्लुङ जिल्लाभर तपाईको मास्क खोइ अभियान

टिकाराम भट्टराई

@समय नेपाल

२०७८ साउन २५ गते सोमबार ०८:१८

बुर्तिबाङ- बाग्लुङ जिल्लामा दिन प्रतिदिन कोरोनाका संक्रमित संख्या बढ्न थालेपछि ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा तपाईको मास्क खोई अभियान संचालन गरिएको छ । एकहप्ते मास्क अभियान अन्तरगत ढोरपाटन नगरपालिका,प्रशासन,प्रहरी...

बुर्तिबाङ– बाग्लुङ जिल्लामा दिन प्रतिदिन कोरोनाका संक्रमित संख्या बढ्न थालेपछि ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा तपाईको मास्क खोई अभियान संचालन गरिएको छ । एकहप्ते मास्क अभियान अन्तरगत ढोरपाटन नगरपालिका,प्रशासन,प्रहरी कार्यालय,सामुदायिक प्रहरी सेवा केन्द्र,ढोरपाटन उद्योग वाणिज्य संघ र पत्रकार लगायतका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा तपाईंको मास्क खोई बन्दै बजारमा मास्क वितरण गरिएको थियो ।

प्रहरीले सन्देशमुलक माईकिङ सहित पेले कार्ड र ब्यानरमा स्वास्थ्य मापदण्डहरुले जानकारी गराएको थियो । बजारमा आवत–जावत गर्ने मानिसहरूले स्वास्थ्य मन्त्रालयबाट निधारण गरेका स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना भाइरस बढिरहेको हुनाले यसबाट बच्न र बचाउनका लागि सन्देशमूलक सन्देशसहित बजारमा तपाईको मास्क खै अभियान संचालन गरिएको नगरपालिका मेयर देब कुमार नेपालीले बताउनुभयो । व्यापारीहरूले ग्राहकहरूलाई अनिवार्य मास्क लगाएर मात्र पसलमा पस्न लगाउने र ब्यापारीहरूले अनिवार्य माक्स र सेनिटाइजर प्रयोग गर्ने सन्देशसहित बजारमा माक्स अभियान संचालन गरिएको मेयर नेपालीे जानकारी दिनुभयो ।

मास्क नलगाएका संर्वसाधारणलाई मास्क लगाउदै सचेत गराईएको थियो । पछिल्लो समयमा कोरोना भाइरस कोभिड–१९ को लकडाउन केही खुकुलो हुँदा जिल्लाका सार्वजनिक स्थानहरूमा मानिसको जमघट, बजारमा मास्क प्रयोग नगरी मानिसको बढी आवातजावत गरिरहेका छन् । बुर्तिबाङ बजार परिक्रममा २ सय ३० ओटा बढि माक्स बितरण गरिएको थियो । हर प्रहर,गाउँ र नगरी,टोलटोलमा नेपाल प्रहरी भन्ने नारा सहित साउन २३ गतेबाट सुरु भएको अभियान २९ गतेसम्म चल्ने ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।

तपाईंको माक्स खै भन्दै बुर्तिबाङ बजार परिक्रमा गर्दैै ब्यापारी, संर्वसाधारणलाई अनिवार्य मास्क लगाउन अपिल गरिएको र स्वास्थ्य मापदण्ड पालना गरी ब्यापार ब्यवसाय गर्न आग्रह गरिएको उहाँको भनाई छ । महामारी नियन्त्रण र रोकथाम मेरो प्रतिवद्धता, मास्क लगाउनु नै आजको आवश्यकता भन्ने मुख्य नाराका साथ समुदाय–प्रहरी साझेधारीमा बागलुङको बजार क्षेत्रमा पनि ‘नेपाल मास्क अभियान ’सुरु भएको छ ।

अभियानमा मास्क लगाउयने उपाय, मास्क लगाउनुको महत्व तथा जनचेतना फैलाउने उदेश्यले नेपाल मास्क अभियान सुरु भएको छ । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न ‘नेपाल मास्क’ अभियान आईतबारदेखि सुरु गरेको छ । आईतबार जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय बागलुङ, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागको टोलीले मास्सको उपयोगिताबारे जानकारी गराउँदै, सर्वसाधारणलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सुझाव तथा मास्क नलाएकालाई मास्क वितरण गर्दै बागलुङ परिक्रममा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमुख कृष्ण बहादुर पल्ली मगरले जानकारी दिनुभएको छ ।

कोरोना महामारी बढ्दै गएको भएपनि सर्वसाधारण मास्क नलगाउने क्रम बढ्दै गएको उहाँले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा कोरोना बिरामी दिनानुदिन बढ्दै गएका छन्, सर्वसाधारणबाट मास्क लगाउने क्रम घट्दै गएको छ ।

मास्क लगाउने नै अहिलेको मुख्य विकल्प रहेकोले सबैले मास्क लगाउनु पर्छ भन्ने उदेश्यले बागलुङ जिल्लाभरमा पनि नेपाल मास्क अभियान सुरु गरिएको छ । बाग्लुङ जिल्लामा कोरोनाका संक्रिय संक्रमित क्रमश बढिरहेका छन् । आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।

प्रकाशित मिति २०७८ साउन २५ गते सोमबार ०८:१८
प्रतिक्रिया दिनुहोस्