
बागलुङमा निषेधाज्ञा थप कडा पारिएको छ । आज जिल्ला प्रशासन कार्यालय बागलु्ङमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बैठकले जिल्लामा समुदायमा संक्रमय फैलिएको र संक्रिय संक्रमितको संख्यमा अत्यधिक वृद्धि भएकोले जिल्लाभर निषेधाज्ञा कडा पारिने निर्णय गरेको हो ।
बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिनुभयो ।
निषेधाज्ञाको समयमा सरकारी र गैर सरकारी कार्यालयहरु,बैंक,सहकारी,विमा तथा वित्तिय संस्था,शैक्षिक संस्थाहरु र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको छ ।
बैठकले खाद्यान्न पसल आइतबार,बुधबार र शुक्रबार बिहान १० बजेसम्म सञ्चालन गर्नदिने, लोकसेवा तथा टियूका परीक्षाका लागि समन्वय गरी सञ्चालन गर्न दिने र औषधिजन्य पसल सञ्चालनमा रोक नलगाउने निर्णय गरेको छ ।
हेर्नुहोस












