
बागलुङमा कोरोना संक्रमितको संख्या दैनिक उकालो लागेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडा अनुसार मंगलबार सम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ३० जना पुगेको छ ।
कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले मंगलबार ४५ जना नयाँ सङ्क्रमित फेला परेको जानकारी दिनुभयो । पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको देखिन्छ । बागलुङ नगरपालिकामा पनि सक्रिय संक्रमितको संख्याको संख्या २ सय ९६ जना पुगेको छ ।
यस्तै, बरेङ गाउँपालिकामा १ सय १५ जना, जैमिनी नगरपालिकामा ५६ जना, गलकोट नगरपालिकामा ४०, बडिगाड गाउँपालिकामा ३३ जना, काठेखोला गाउँपालिकामा १९, ढोरपाटन नगरपालिकामा १९, ताराखोला गाउँपालिकामा १६ जना, तमानखोला गाउँपालिकामा १२, निसीखोला गाउँपालिकामा ९ जना, अन्य जिल्लाका १५ जना गरी ६ सय ३० सक्रिय संक्रमितको संख्या पुगेको छ ।
यसरी केही समय थामिएजस्तो देखिएको सङ्क्रमण दर फेरि उकालो लागेको हो । जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर २७.९ प्रतिशत छ जबकि नेपालको सङ्क्रमण दर १९.०४ प्रतिशत मात्र छ । देशभरको तुलनामा निको हुने दर पनि यहाँ कम छ ।
नेपालमा निको हुने दर ९३.५ प्रतिशत छ भने बागलुङमा ९० प्रतिशत, देशभर मृत्युदर १.०५ हुँदा यहाँ भने त्यो भन्दा कम ० .९४ प्रतिशत छ । कोरोनाका जिल्लामा हालसम्म ६३ जनाले ज्यान गुमाएका छन् । जिल्ला बाहिर पनि मृत्युवरण गर्नेको सङ्ख्या हेर्दा भने सयभन्दा बढी पुगेको स्रोत व्यक्ति घिमिरेले बताउनुभयो । सङ्क्रमणसँगै मृत्युका घटना पनि बढ्न थालेका छन् ।
पहिलो र दोस्रो लहरमा गरी यहाँका २३ हजार ८ सय ३९ जनामा कोरोना परीक्षण गर्दा ६६७२ बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोना नियन्त्रणका लागि खोप अभियान पनि चलिरहेको छ । नयाँ विश्व










