तेस्रो लहरविरुद्ध बागलुङको तयारी : डाक्टर झन् घट्दै, बल्ल बजेट माग्ने सुरसार

तेस्रो लहरविरुद्ध बागलुङको तयारी : डाक्टर झन् घट्दै, बल्ल बजेट माग्ने सुरसार
२०७८ साउन २७ गते बुधबार ०६:१५

कोरोना पहिलो लहरबाट तेस्रो लहरसम्म आइपुग्दा जोखिम झन् थपिएको छ । तर बागलुङमा जोखिम न्यूनीकरणका संयन्त्र अलिकति पनि थपिएका छैनन् । खुकुलो पारिएको निषेधाज्ञामा स्वास्थ्य मापदण्डको पालना नहुँदा संकट अझ बढे पछि जिल्ला कोभिड–१९...

कोरोना पहिलो लहरबाट तेस्रो लहरसम्म आइपुग्दा जोखिम झन् थपिएको छ । तर बागलुङमा जोखिम न्यूनीकरणका संयन्त्र अलिकति पनि थपिएका छैनन् ।

खुकुलो पारिएको निषेधाज्ञामा स्वास्थ्य मापदण्डको पालना नहुँदा संकट अझ बढे पछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बैठकले २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म बागलुङ जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

पहिलो लहरकै बेला पर्याप्त चिकित्सक र स्रोतसाधनको अभाव रहेकामा त्यो स्थितिमा अहिले पनि सुधार भएको देखिँदैन । जबकि विज्ञहरूले कोभिडको तेस्रो लहर आउन सक्ने र त्यसले बालबालिकालाई बढी गाँज्न सक्ने भन्दै तयारी थाल्न पहिल्यैदेखि सुझाइरहेका छन् । तर जिल्लाका सरोकारवालाले बालबालिकालाई सम्भावित जोखिमबाट जोगाउन प्रभावकारी कदम चालेका छैनन् । गण्डकी प्रदेशकै पहिलो कोभिड अस्पताल हो धौलागिरि अस्पताल ।

यहाँ पर्वत, म्याग्दीसम्मका सेवाग्राही आउँछन् । तर अस्पतालमा बल्ल बालबालिकाका लागि १० बेडको आइसोलेसन कक्षको तयारी भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोख्रेलले बताउनुभयो । बच्चाका लागि आईसीयू कक्ष नभएकाले बजेट माग गरिएको उहाँको भनाई छ ।

‘तेस्रो लहरमा बालबालिका प्रभावित हुने आकलन गरिएकाले आईसीयू कक्ष निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिएको छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको एचडीयू कक्षलाई बालबालिकाका लागि आईसीयू कक्ष बनाउने, अक्सिजन प्लान्ट जडान गर्ने र अक्सिजन पाइपलाइन विस्तार गर्ने योजना छ ।’ डा. पोखरेलका अनुसार कोरोना संक्रमित बिरामीका लागि अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन थप १ सय ७० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट जडानको तयारी पनि भरहेको छ । नयाँ विश्व

प्रकाशित मिति २०७८ साउन २७ गते बुधबार ०६:१५
प्रतिक्रिया दिनुहोस्