
बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका १ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा बुधबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १५ जनामा गरिएको एन्टिजेन परिक्षणमा ढोरपाटन नगरपालिका वडा नम्वर ३ को ४७ वर्षिय पुरुष, वडा नम्वर ५ का ५६ वर्षिय पुरुष, वडा नम्वर ९ को ४२ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै निसीखोला गाउँपालिका ४ का ३६ वर्षिय पुरुष,बडिगाड गाउँपालिका वडा नम्बर ८ की ३५ बर्षिय महिला, वडा नम्बर ९ का २० वर्षिय पुरुष र ६६ वर्षिय पुरुष गरि ७ जनामा कोरानो संक्रमण पुष्टि भएको स्वास्थ्य केन्द्रका प्रमुख मिलन मल्लले बताउनुभयो ।
स्वास्थ्य केन्द्रमा पछिल्लो १० दिनभित्र उपचारकोे लागि आएका १२८ जना मध्यबाट ४३ जनालाई कोरोना संक्रमण पुष्टि एको डा.मल्लको भनाई छ । पछिल्लो समय स्वास्थ्य केन्द्रमा लक्षण सहितका बिरामी बढिरहेका छन् । पश्चिम बाग्लुङको ४ पालिकाको संगम स्थल बुर्तिबाङ भएकोले पनि ढोरपाटन,बडिगाड ,निसीखोला र तमानखोलाका गाउँपालिकाका बिरामी आउने गर्दछन् ।
ढोरपाटन कोभिड अस्थाई अस्पतालमा अहिले ४ जना महिला उपचाररत रहेका छन् । बुधबार निसीखोला गाउपालिकाका ५१ वर्षिय पुरुष डिस्चार्ज भएको नर्स राधिका कुवंरले बताउनुभयो ।










