नेकपा माओबादी केन्द्रले पश्चिम बागलुङमा सँगठन विस्तार कार्यक्रमलाई तिव्रता दिँदै

नेकपा माओबादी केन्द्रले पश्चिम बागलुङमा सँगठन विस्तार कार्यक्रमलाई तिव्रता दिँदै

छविलाल पाण्डे

@समय नेपाल

२०७८ साउन २८ गते बिहिबार ०८:२६

बुर्तिबाङ- नेकपा माओबादी केन्द्रले पश्चिम बागलुङमा सँगठन विस्तार कार्यक्रमलाई तिव्रता दिएको छ । नेकपा माओबादी केन्द्र र एमाले पार्टी विच एकता भएको करिब दुई बर्षमा पार्टी पुनह विभाजित भइसकेको अवस्थामा माओवादी केन्द्रले आफनो...

बुर्तिबाङ- नेकपा माओबादी केन्द्रले पश्चिम बागलुङमा सँगठन विस्तार कार्यक्रमलाई तिव्रता दिएको छ ।

नेकपा माओबादी केन्द्र र एमाले पार्टी विच एकता भएको करिब दुई बर्षमा पार्टी पुनह विभाजित भइसकेको अवस्थामा माओवादी केन्द्रले आफनो सँगठनलाई विस्तार गर्ने, देशमा भइरहेको केपि ओली प्रवृर्तिको अन्त्य गर्दे केन्द्र, देशमा समृद्धि र सुशासनका निम्ती प्रदेश र स्थानिय तहसम्मका अराजकता र गलत कृयाकलापको भण्डाफोर गर्दे प्रतिगमन कारी शक्तिलाई परास्त गर्नका निम्ती केन्द्रको विभिन्न दलविचको गठवन्धनलाई स्थानिय तहसम्म एकजुट बनाउँदै लैजानुपर्ने विषय सहित कार्यक्रम अगाडी बढाइएको नेकपा माओबादी केन्द्र जिल्ला सदस्य चन्द्र अर्यालले बताउनु भयो । ढोरपाटन नगरपालिका वडा नं. १,२ र ३ मा आइतबार कार्यक्रम सम्पन्न भएको छ ।

वडा नं. १ र २ को बुर्तिबाङमा भएको कार्यक्रममा पार्टीका जेष्ठ सदस्य वीर बहादुर महतको अध्यक्षतामाच आयोजित कार्यक्रमबाट वडा समितीको गठन गरीएको छ । वडा नं. १ मा लाल बहादुर घर्ति अध्यक्ष र इन्द्र मान वि.क . सचिव रहेको १९ सदस्य वडा समितीको गठन गरीएको छ । त्यस्तै वडा नं. २ मा जिवलाल कँडेल अध्यक्ष, थम बहादुर नेपाली सचिव रहेको २३ सदस्य वडा समितीको गठन गरीएको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रम जिल्ला सदस्य चन्द्रलाल अर्यालको प्रमुख आतिथ्यता, ढोरपाटन नगर कमिटी कार्यालय सचिव गोपाल महतको सञ्चानमा सम्पन्न भएको थियो ।

वडा नं. ३ मा डम्वर बहादुर सुनारको अध्यक्षतामा वडा भेला सम्पन्न भएको छ । भेलाले लेखत बहादुर कार्कीको अध्यक्षतामा १७ सदस्य वडा समिती गठन गरीएको छ । कार्यक्रममा जिल्ला कमिटी सदस्य वल बहादुर सिर्पालीको अध्यक्षता सञ्चालन गठित समिती सचिव खिम बहादुर वि.क. ले गर्नुभएको छ ।

प्रकाशित मिति २०७८ साउन २८ गते बिहिबार ०८:२६
प्रतिक्रिया दिनुहोस्