जापानमा बाग्लुङ गलकोटकी एक महिलाको मृत्यु

जापानमा बाग्लुङ गलकोटकी एक महिलाको मृत्यु

मेघराज रिष्मेली

@समय नेपाल

२०७८ साउन २८ गते बिहिबार ०६:१२

गल्कोट- जापानको ओसाकामा बागलुङ जिल्लाको गल्कोट नगरपालिका–२ चिनामाली नरेठांटीकी एक महिलाको मृत्यु भएको छ । हाल जापानको ओसाकालाई कर्मथलो बनाउँदै आउनुभएकी ४२ वर्षीया हरिकला भण्डारीको अगष्ट ८ तारिकका दिन उपचारको क्रममा मृत्यु...

गल्कोट– जापानको ओसाकामा बागलुङ जिल्लाको गल्कोट नगरपालिका–२ चिनामाली नरेठांटीकी एक महिलाको मृत्यु भएको छ ।

हाल जापानको ओसाकालाई कर्मथलो बनाउँदै आउनुभएकी ४२ वर्षीया हरिकला भण्डारीको अगष्ट ८ तारिकका दिन उपचारको क्रममा मृत्यु भएको हो । मृतक भण्डारीले एक वर्षअघि पनि पत्थरीको शल्यक्रिया गराउनुभएको थियो ।

पुनः फोक्सोमा पत्थरी भएपछि विगत एक महिनादेखि अस्पताल भर्ना भई उपचाररत रहनुभएको थियो । गलकोट नगरपालिका ३ का तिलबहादुर भण्डारीकी हरिकलाको उपचारकै क्रममा गत आइतबार दुःखद निधन भएको जापान नेपाली एकता समाजका केन्द्रीय सदस्य एवम् क्षेत्रीय समिती ओसाकाका अध्यक्ष कमल कार्कीले जानकारी दिनुभयो ।

भण्डारी श्रीमानको पारिवारिक डिपेन्डेन भिसामा जापान जानुभएको थियो । भण्डारी श्रीमान, एक छोरी र एक छोरा सँगै विगत एक दशकदेखि जापान बस्दै आउनुभएको थियो ।

प्रकाशित मिति २०७८ साउन २८ गते बिहिबार ०६:१२
प्रतिक्रिया दिनुहोस्