
बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका १ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ८ जनामा गरिएको एन्टिजेन परिक्षणमा ढोरपाटन नगरपालिका वडा नम्वर २ को ४८ वर्षिय महिला, ११ बालक,१६ वर्षिय बालिका र निसीखोला गाउँपालिका २ निवासी १९ वर्षिय एक महिला गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य केन्द्रका प्रमुख मिलन मल्लले बताउनुभयो ।
स्वास्थ्य केन्द्रमा पछिल्लो १२ दिनभित्र उपचारकोे लागि आएका १३६ जना मध्यबाट ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको डा.मल्लको भनाई छ । पछिल्लो समय स्वास्थ्य केन्द्रमा लक्षण सहितका बिरामी बढिरहेका छन् । पश्चिम बाग्लुङको ४ पालिकाको संगम स्थल बुर्तिबाङ भएकोले पनि ढोरपाटन,बडिगाड ,निसीखोला र तमानखोलाका गाउँपालिकाका बिरामी आउने गर्दछन् ।
ढोरपाटन कोभिड अस्थाई अस्पतालमा अहिले ४ जना महिला उपचाररत रहेका छन् ।










