ढोरपाटन नगपालिकामा १ हजार ८४ जनाले लगाए भेरोसेल खोपको दोस्रो डोज

ढोरपाटन नगपालिकामा १ हजार ८४ जनाले लगाए भेरोसेल खोपको दोस्रो डोज
२०७८ साउन ३० गते शनिवार ०८:१०

बुर्तिबाङ- बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकामा शुक्रबार र शनिबार गरि १ हजार ८४ जनाले भेरोसेल खोपको दोस्रो डोज लगाएका छन् । शुक्रबार नगरपालिका भर ९ सय जनाले लगाएका थिए भने शनिबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय महिला...

बुर्तिबाङ- बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकामा शुक्रबार र शनिबार गरि १ हजार ८४ जनाले भेरोसेल खोपको दोस्रो डोज लगाएका छन् ।

शुक्रबार नगरपालिका भर ९ सय जनाले लगाएका थिए भने शनिबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय महिला र ८४ पुरुष गरि १ सय ८४ जनाले खोप लगाए सगैँ नगरपालिका भर १ हजार ८४ जनाले खोप लगाएको नर्स पार्वती अर्यालले बताउनुभयो ।

गत साउन २२ गतेबाट सुरु भएको दोस्रो डोज लगाउने अभियान जिल्लाका सबै पालिका सगैँ आज ढोरपाटन नगरपालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगाए सगैँ सकिएको छ ।

यस्तै ढोरपाटन नगरपालिकामा भोली आईतबार देखि भने अस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको भएको छ । गत फागुन २३ गतेदेखि चैत ३ गतेसम्म पहिलो मात्रको कोभीशिल्ड खोप लगाएका ६५ बर्षदेखि माथी उमेर समुहका जेष्ठ नागरिकलाई आईतबार देखि दोस्रो मात्राको अस्ट्राजेनिका खोप लगाईने नगर स्वास्थ्य संयोजक घनश्याम शर्माले बताउनुभयो ।

बाग्लुङ जिल्लामा यहि साउन २७ गतेबाट सुरु भएको यो अभियान अन्तरगत २७ गतेदेखी २९ गतेसम्म बाग्लुङ नगरपालिकामा,२८ र २९ गते वडिगाड,काठेखोला र जैमिनी नगरपालिका,२९ र ३० गते गलकोट नगरपालिका र ताराखोला गाउँपालिका,३१ र ३२ गतेबरेङ,तमानखोला,निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा अस्ट्राजेनिका खोप लगाईने जनाईएको छ ।

प्रकाशित मिति २०७८ साउन ३० गते शनिवार ०८:१०
प्रतिक्रिया दिनुहोस्