बाग्लुङको बुर्तिबाङमा अफिम ल्याउने व्यक्ति हालसम्म पनि फरार

बाग्लुङको बुर्तिबाङमा अफिम ल्याउने व्यक्ति हालसम्म पनि फरार
२०७८ साउन ३१ गते आईतबार १२:३७

 बागलुङ- अघिल्लो आर्थिक वर्ष बागलुङ जिल्लाको पश्चिम बुर्तिबाङको एक होटलबाट प्रहरीको टोलीले १० किलोको लागु औषध अफिम बरामद गर्यो । झोला भित्र प्याक गरिएको अवस्थामा भेटिएको वस्तुलाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण...

लागु औषध प्रयोगकर्तामा किशोर किशोरी बढि

 बागलुङ- अघिल्लो आर्थिक वर्ष बागलुङ जिल्लाको पश्चिम बुर्तिबाङको एक होटलबाट प्रहरीको टोलीले १० किलोको लागु औषध अफिम बरामद गर्यो । झोला भित्र प्याक गरिएको अवस्थामा भेटिएको वस्तुलाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा त्यो लागु औषध अफिम भएको पत्ता लाग्यो । यद्धपी त्यो अफिम ल्याउने व्यक्ति हाल पनि फरार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ ।

त्यो अफिम कहाँबाट ल्याईएको थियो ? कहाँ हिँडालिएको थियो ? त्यो ल्याउने व्यक्त कहाँ छ ? यी प्रश्न हालपनि अनुत्तरित छन् । बागलुङमा गाँजा, चरेश लगायतका लागुपदार्थको दुव्र्यसनीहरु रहेका छन् ।
गाजा चरेश लगायतका लागुऔषध सेवन गर्ने, बिक्रि तथा वितरण गर्ने पक्राउ पर्ने पनि गरेका छन् । थुप्रै पटक प्रहरीले लागु औषध बरामद गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७- ०७८ मा १० केजी अफिम सहित चरेश ६.१ केजी, गाँजा १५८.२ केजी बरामद गरेको थियो ।

आर्थिक वर्ष २०७६- ०७७ मा जिल्ला प्रहरी कार्यालयले ५.१९० केजी चरेश, ९६ केजी गाँजा, ३५ एम्पुल डाईजापाम, ८३ एम्पुल नुरफिन, ३५ एम्पुल फेनरगल, १ थान सिलिन्ज र १ थान निडिल बरामद गर्यो । आर्थिक वर्ष २०७५- ०७६मा चरेश १० केजी, गाँजा २६३ ग्राम, डाईजापाम १६१ एम्पुल, नुरिफिन १५९ एम्पुल, फेनरगल १५७ एम्पुल, सिलिञ्ज १० थान, निडिल २ थान, ट्याबलेट १२ थान, क्यापसुल १२ बरामद गर्यो । तथ्याङ्क अनुसार यी तीन वर्षको अवधिमा बागलुङमा अफिम बरामद गरिएको पहिलो पटक हो ।

यी तथ्याङ्कलाई हेर्दा बागलुङमा गाजा, चरेश लगायतका लागु औषधको प्रयोग तथा बिक्रि वितरण यहिँपनि गरिन्छ । साथै जिल्लाभन्दा बाहिर पनि बिक्रि गरिन्छ । यद्धपी अफिम भने बागलुङमा हालसम्म प्रयोग नभएको बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । बुर्तिबाङमा फेला पारिएको अफिम अन्यत्रै बेच्न हिँडालिएको हुन सक्ने उहाँको भनाई छ । ‘हामीले अहिलेसम्म बागलुङमा अफिमको प्रयोगकर्ता भेटेका छैनौँ’ प्रहरी नायब उपरीक्षक हवारीले भने–‘त्यसैल त्यो अफिम अन्यत्र कतै हिँडालिएको हुन सक्छ ।’ अफिम प्रयोगकर्ता बागलुङमा नभएपनि लागु औषधको प्रयोग गर्नेहरुमा विद्याथीहरु बढि रहेको उहाँले बताउनुभयो ।

‘लागु औषध प्रयोगकर्ताहरु १९ वर्षदेखि ५५ वर्ष उमेरका बढि छन् ।’ प्रहरी नायब उपरीक्षक हवारीले भन्नुभयो–‘लागु औषध प्रयोगकर्तामा किशोरहरु पनि छन्, तर उनीहरुलाई पक्राऊ गरेपनि सम्झाई बुझाई गरि अभिभावकको जिम्मा लगाईन्छ ।’ ईपरी न्युज 

प्रकाशित मिति २०७८ साउन ३१ गते आईतबार १२:३७
प्रतिक्रिया दिनुहोस्