बाग्लुङकी ७० बर्षिया कोरोना संक्रमित महिलाको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु

बाग्लुङकी ७० बर्षिया कोरोना संक्रमित महिलाको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु
२०७८ साउन ३२ गते सोमबार ०६:३७

बाग्लुङ– बाग्लुङ नगरपालिका–१२ अमलाचौरकी ७० बर्षिया कोरोना संक्रमित महिलाको उपचारका लागि अस्पताल लैजादैै गर्दा बाटोमै मृत्यु भएको छ । आईतबार संक्रमण पुष्टि भएर पोखरा पु¥याईएकी उहाँको पोखराका अस्पतालहरुले भर्ना लिन नमानेपछि...

पोखराका अस्पतालले भर्ना लिन मानेनन्

बाग्लुङ– बाग्लुङ नगरपालिका–१२ अमलाचौरकी ७० बर्षिया कोरोना संक्रमित महिलाको उपचारका लागि अस्पताल लैजादैै गर्दा बाटोमै मृत्यु भएको छ । आईतबार संक्रमण पुष्टि भएर पोखरा पु¥याईएकी उहाँको पोखराका अस्पतालहरुले भर्ना लिन नमानेपछि बाग्लुङ फार्काउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
सोमबार दिउँसो उहाँको मृत्यु भएको स्वास्थ्य कार्यालय बाग्लुङका कोभिड–१९ स्रोतव्यक्ति देवप्रकाश घिमिरेले बताउनुभयो । कोभिड निमोनियाले ग्रस्त ती महिलालाई लक्षणहरु देखिएपछि जाँच गरिएको थियो । अमलाचौरमा कोरोना फैलिएका कारण गाउँभरी मिल्दाजुल्दा लक्षण भएका बिरामी छन् । जाँच भएकामध्ये अधिकांशमा संक्रमण देखिने गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति २०७८ साउन ३२ गते सोमबार ०६:३७
प्रतिक्रिया दिनुहोस्