
बाग्लुङ- बाग्लुङमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कोरोनाभाइरस विरुद्धको खोप लगाउने तयारी गरिएको छ । केन्द्रको निर्देशनपछि जिल्ला खोप समन्वय एवम् अनुगमन समितिले खोप लगाउने तयारी गरेको हो ।
जिल्लाभर विश्वविद्यालयको परीक्षामा सहभागी हुने विद्यार्थीको डेटा निकाल्ने काम भइरहेकाले केही समयदेखि खोप कार्यक्रम शुरु गरिने बाग्लुङ नगरका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभरबाट बाँकी रहेको अष्ट्राजेनिका खोप सदरमुकाममा आउने क्रममा रहेको छ ।
खोप कति सम्म फिर्ता हुन्छ,’ त्यसअनुसार खोप सम्वन्य समितिको बैठक बसेपछि मात्रै खोप लगाउने काम शुरु हुन्छ’ उहाँले भन्नुभयो । विश्वविद्यालयका परीक्षाहरु सकिएपनि केही विषयहरू बाँकी रहेका छन् । कोभिडशिल्डको दोस्रो मात्रा लगाउनेलाई जापानमा उत्पादन भएको अष्ट्राजेनिका खोप दिइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार भदौ ८ र ९ गते भेरोसेल खोपको दोस्रो मात्र दिएपछि बाँकी रहेको खोप पनि विद्यार्थीलाई लगाउने गरी तयारी गरिएको छ । खोप विश्वविद्यालयको प्रवेश काड देखाएर लगाइने भएको छ । नयाँ विश्व










